Skip to content

चिरा चिरा पर्या छाती


चिरा चिरा पर्या छाती, चर्की दुख्छ कुनाकानी
बिरहमा लेख्या रैछौ, दैव मेरो जिन्दगानी

एकै पल शान्ति छैन, मन मुटु काम्छ सधैँ
सुनाउ त सुनाउ काँ, पिरै पीरको कहानी

गोधुलिमा धूम्मलिन्छ, आशाहरू एकाएक
छट्पटीमा रात बित्दा, रुझ्छ मेरो सिरानी

साथी संगी भन्ने गर्थे यौवनका तिन्का कथा
आफ्नो भने पत्तै पाइन, कैले आई गयो जवानी

लिनु दिनु केही थेन, कर्म ठुलो सोच थियो
‘कल्पना’नै उल्टो गरें, पाएँ आज बदनामी

“खुशी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *