Skip to content

वेसहारा बिधुवालाई नठटाऊ


वेसहारा बिधुवालाई नठटाऊ बोक्सी भन्दै,
बस्न देऊ गाउँबाटै नहटाऊ बोक्सी भन्दै ।

मानवता छ कि छैन अरे मुर्ख मानव हो,
पशु बन्दै दिसा पिसाव नचटाऊ बोक्सी भन्दै ।

दुः ख पीडा भित्र सधै पिल्सिएकी नारी न हुन्,
प्राणै लिने क्रुर टोली नखटाऊ बोक्सी भन्दै ।

रोग अनि भोकबाट मर्ने जति सबैलाई,
मैले खाए भन्ने शब्द नरटाऊ बोक्सी भन्दै ।

रुढिवादी परम्परा छैन कानून यो देशमा,
चरपाटा मोडी नदी नकटाऊ बोक्सी भन्दै ।

शान्ति अधिकारी
कोहलपुर बाके

1 thought on “वेसहारा बिधुवालाई नठटाऊ”

  1. thanks….शान्ति अधिकारी कोहलपुर बाके
    ramro…………lageko chha

    वेसाहारा बिधुवालाई नठटाउ बोक्सी भन्दै ,
    बस्न देउ गाँउ बाटै नहटाउ बोक्सी भन्दै ।

    मानवता छ कि छैन अरे मुर्ख मानव हो ,
    पशु बन्दै दिसा पिसाव नचटाउ बोक्सी भन्दै ।

    दुः ख पीडा भित्र सधै पिल्सिएकी नारी न हुन् ,
    प्राणै लिने क्रुर टोली नखटाउ बोक्सी भन्दै ।

    रोग अनि भोकबाट मर्ने जति सबैलाई ,
    मैले खाए भन्ने शब्द नरटाउ बोक्सी भन्दै ।

    रुढिबादी परम्पंरा छैन कानुन यो देशमा ,
    चरपाटा मोडी नदी नकटाउ बोक्सी भन्दै ।

    शान्ति अधिकारी
    कोहलपुर बाके

Leave a Reply

Your email address will not be published. Required fields are marked *