कल्पनामा पिरतीको, दीप बल्छ भित्र भित्रै
अरुसँग बोल्छौ हाँस्छौ, मुटु जल्छ भित्र भित्रै
स्वास बनी चल्नु सधैं, धड्कनको मझेरीमा
एकै पल टाढा हुँदा, आँत गल्छ भित्र भित्रै
नानी सरि आँखा भित्र, सजाउने चाह हुँदा
आँशुसँगै बग्छौ भन्ने, हुरि चल्छ भित्र भित्रै
न लाउनु थियो माया, अन्जानमा लाग्यो धेरै
भेट्ने हो कि छुट्छ साथ, आश ढल्छ भित्र भित्रै
ज्ञात छौ कि त अज्ञात, मेरो चोखो प्रेमबाट
मौन हुँदा तिम्रा ओठ, मात छल्छ भित्र भित्रै
कल्पना राई “ख़ुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया
