Skip to content


लाउन त प्रीत लाइदियौ यो फूलमा बहार बनी
आउन त तिमी आइदियौ यो दिलमा प्यार बनी

जीवनमा आँसु लिएर पाउ त्यसै नचाल
यौवनमा दिल दिएर जवानी त्यसै नफाल
हर मौसममा तिमी हाँसिदेऊ
हर रमझममा तिमी नाँचिदेऊ

नौलाख तारा रातमा एक्लै बसी नगन
उराठ लाग्छ दुनिया तिमी कहिल्यै नभन
हर दिन तिमी बाँचिलेऊ
हर छिन तिमी साँचिलेऊ

शब्द – रवीन्द्र शाह
स्वर – प्रवेशमान शाक्य
संगीत – सम्भुजित बाँसकोटा
एल्बम – यहाँको चलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *