Skip to content

म मरेपछि


हराएर जाला प्रेमका समझाना सबै म मरेपछि
कसले दोहरयाउला त्यो इमान्दारी म मरेपछि

फूल सिहार्नेभन्दा चोरने छन यस दुनियामा
भवँराहरू फेरि मडराउने छन म मरेपछि

ताजमहल जस्तै झूठो प्रेमको इतिहास बनाऊँला न
मुमताजको दुःख कसले सुनाउला म मरेपछि

तिमी रुँदा आँखैमा आँशु बनी बसेको थिएँ आफै
सागर बनी नयनबाट को बर्षला म मरेपछि

मेरो मृत्युमा शोक न गरी खुशी मनाउनेहरू
के बदलेर नै फरक परला र ? म मरेपछि

हरि पौडेल
१५-०८-२०१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *