निमेशभरको भेट सम्झना भो सधैंलाई
हँसिलो मुहार उन्को कल्पना भो सधैंलाई
आँशुको गहमा देख्छु प्रतिबिम्ब अँझै पनि,
नमेट त्यो रुप प्रभु प्राथना भो सधैलाई
धरती आकाश हामी सुन्यतामा मेल हुँदा,
आत्माले गाउने मिठो बन्दना भो सधैँलाई
सागर किनार छुन्छ लहर को रुप फेर्दै
मिलन भएर पनि एक तृष्णा भो सधैँलाई
खुशी थ्यो प्रकृति हिजो हामीसँगै हाँस्दै बाँच्दा,
वियोगमा गजल यौटा सिर्जना भो सधैँलाई
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया
