Skip to content

प्राय: जसो अफिसमा


प्राय: जसो अफिसमा कमाएको कुरा हुन्छ
डिस्को नाच र रेस्टुराँमा रमाएको कुरा हुन्छ

तोकिएका जिम्मेवारी,काम काजभन्दा पनि
दिनभरिमा कसले कति थमाएको कुरा हुन्छ

चाडपर्व र उत्सव आँउदा महँगा र राम्राराम्रा
लोभै लाग्ने उपहारलाई समाएको कुरा हुन्छ

साइत पार्दै निस्केको र प्रखर बुद्धि भएर नै
मोटा मोटा ग्राहक मात्रै ठमाएको कुरा हुन्छ

ठूला ठूला पाँचतारेको क्यासिनो र बारमा पसी
जुवा तासका खालहरू जमाएको कुरा हुन्छ

कोमल भट्ट,
पुरानो नैकाप काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *