Skip to content


हँसिया हथौडा देखाएर भोट माग्नेहरू
रुखको छहारी देखाएर भोट माग्नेहरू
हत्केलाका रेखाहरू देखाएर भोट माग्नेहरू
गाईको पवित्रता देखाएर भोट माग्नेहरू
अनि,
तिमीहरू जस्तै अनेकौ छाप देखाएर भोट माग्नेहरू

एउटा प्रश्न छ तिमीहरूलाई,
दर्जनौ प्राकृतिक छाप देखाएर बिभाजन भएका छौ,
दर्जनौ छुट्टा छुट्टै एजेन्डा लिएर अघि बढेका छौ,
दिन रात नभनी जितको होडमा दौडेका छौ,
जित्नलाई नै महंगी बढाएका छौ
जित्नलाई नै बन्द हड्ताल गराएका छौ
जित्नलाई नै बम पड्काएका छौ
जित्नलाई नै मान्छे मारेका छौ
ल भन यो जित केका लागि?

तिमीहरूको हरेक पार्टीबाट
एक जाना दिल शोभा निकाल
एक जाना अनुराधा निकाल
एक जाना पुष्पा निकाल
एक जाना दिक्छ्या निकाल
अनि त्यो जितको अर्थ हुनेछ

याहा कुनै चुनाब चिन्हले फरक पर्दैन
याहा कुनै पार्टी गत धारणा र नियमले फरक पर्दैन
याहा खेर जाने एजेन्डा र योजनाले फरक पर्दैन
मात्र नेपाल आमाको एक सच्चा सपुत भएर आऊ
कर्म योद्धा भएर आऊ
मेरो देशलाई राहत दिन,
जनतालाई अमन चयन दिन,
नत्र,
तिमीहरूको चुनाबी चिन्ह
भित्री मनको कपट छोप्ने पहिरनभन्दा अरु केही हुने छैन
पिताम्बर ओढेर गोजीमा छुरा बोक्ने जोगी जस्तो ।

कल्पना राई “खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *