Skip to content

लहर हो लोग्‍नेमान्छे


लहर हो लोग्‍नेमान्छे, ऊ नजिक आउन सक्छ
किनाराहरू अंगाली छोडेर जान सक्छ

उसको निम्ति माया आवेश हो नदीको
उसको निम्ति प्रीति सहयोग हो खुशीको
ऊ अनुभवी बनेर सब वाचा भुल्न सक्छ
कोमल स्वास्‍नीमान्छेलाई मायाले छल्न सक्छ

अनेक पाप मनमा साँचिरहेको हुन्छ
विश्वासघात गर्दै हाँसिरहेको हुन्छ
हजार रुप लिएर ऊ चोखो बन्न सक्छ
अर्काको मुटुलाई ऊ ढुंगा भन्न सक्छ

स्वर: तारादेवी
शब्द: किरण खरेल
संगीत: शिवशंकर

Leave a Reply

Your email address will not be published. Required fields are marked *