Skip to content

बिदेशले लुट्यो


बिदेशले लुट्यो सबै खुसी
न झाँगिँदै टुट्यो सबै खुसी

बतासिँदै पुगेँ कता कता
बियोगले छुट्यो सबै खुसी

विदीर्णले मनै भयो छिया
र काँच झैं फुट्यो सबै खुसी

विदा हुँदै गए मिठा क्षण
उराठले भुट्यो सबै खुसी

निराश भै बसौँ यहाँ किन ?
रुवाउनै जुट्यो सबै खुसी

(आदरणीय पोस्टराज सरको नयाँ छन्द “मकालु”मा आधारित)
छन्द – मकालु
सूत्र:- lSl SlS lSl S
(४/४ अक्षरमा विश्राम )
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *