Skip to content

सिंगै परिवार गिड्यो कस्ले


सिंगै परिवार गिड्यो कस्ले, दरबार बोल्दैन
कस्को घाँटी रेट्न अर्जापियो, तरबार बोल्दैन

बुद्धको शिष्य बन्न छोड भो, क्रोध पाली मनमा,
बुद्ध संधै बोल्छ शान्ति शान्ति, अहंकार बोल्दैन

बनी बुतो गर्दै पेट भर्ने, घर फिर्दा मारियो,
बिधुवाले सोध्छे कसले मार्यो, सरकार बोल्दैन

अन्ध विस्वासमा बाँच्ने गर्छ, अशिक्षित समाज,
छाउपडी प्रथा कस्ले ल्यायो, संस्कार बोल्दैन

सर्वश्रेष्ठ प्राणी मान्छे हामी, अन्याय सहन्छौँ किन?
सोध्छु आफू अनि सबैलाई, यो संसार बोल्दैन

कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *