वाच्नेछौं रहि स्वस्थ हामी सबनै, सोची भलो जीवन,
गर्नु हुन्न कुनै खराव चिजको, सेवन् मनैमा गुन ।
खाने गर्नु छ है शरीर वलियो, पार्ने ती खानाहरू,
मैलो भो नलगाउ गन्ध त दिने, फोहोर नानाहरू ।।१।।
धोई सावुनले पखाली कर ती, खानू छ खानेकुरा,
बस्ने ठाउँ सफा गरेर घरका, फाल्नू झिंगा माकुरा ।
मीठो स्वाद हुनेछ भनेर मुखको, खाना निकम्मा लियौ,
निम्तो कालमहाँ गरेर तिमीले, त्यो मन्द विषै पियौ ।।२।।
राम्रो भोजन हुन्छ स्वस्थ उहिनै, जो जीउमा लाग्दछ,
बन्नैपर्छ त होशियार जन हो, त्यो रोग नै भाग्दछ ।
वाँचौला अति धेर आयु सहितै, राम्रा हिसाव्ले गरी,
त्यै ताजा फलफूल साग पनिजो, पानी पिई वेसरी ।।३।।
देखिन्छन् जगमा ती रोग भनिने, सर्ने नसर्ने दुवै,
सर्ने रोग किटाँणुले गरि-कनै, चौतर्फ फैलिन्छ है ।
यस्तो रोग जहाँ भयो त नजिकै, जाँदै नजानू छ रे,
वासी भो वहुतै कुहेर सडने, खाना नखाने गरे ।।४।।
दोश्रो रोग गनिन्छ है जगतमा, सर्दै नसर्ने भनी
जस्को कारक हुन्छ केवल यही, खाना र बानी छ नि ।
मृगौला मुटुको विमार पनि भो, फेर् टाउको दुख्दछ
बढ्दै प्रेशर मानसिक वदलाव्, देखिन्छ मुख् सुक्दछ ।।५।।
बाँच्नै पर्छ र कालदेखि नभए, त्यो दुष्ट मृत्यु छ जो,
गाँज्दै घाँटि समाउनेछ नहिँ ता, त्यै रोगले च्याप्छ पो ।
तस्मात् हामी सबै मिलेर अहिले, लड्ने भयौं रोगको,
आफैँ भै पहिले सतर्क अनिपो, छुट्टी हुने शोकको ।।६।।
साथीहो धन बन्छ भोलि यहीनै, जो स्वास्थ्य भन्ने भयो,
थूप्रो भो धनको शरीर नभए, के काम भो अन्त्यको ।
हुन्नन् काम कुनै अस्वस्थ तनले, भन्ने विचारी जन,
सोची मानवले यही मनन लौ, गर्दा खुशी जीवन ।।७।।
(चूडा निर्भीक)
