तस्वीर उन्को, यी आँखाभरि, पारेर जानु छ
नलागोस् आँखा, मायाको घर, बारेर जानु छ
छोड्दै छु घर, आगन उन्को ढोगेर पाउँमा,
छाडेर मन यो ज्यान पारि तारेर जानु छ
पवित्र माया अमर पार्न गर्दैछु स्याहार,
हृदयभित्र कलिलो मुना सारेर जानु छ
नचाहे पनि छुट्दैछ साथ मिलनको आशामा,
निभाई ज्योति मुटुमै असर पारेर जानु छ
हजारौ दर्द लुकाएँ पीडा मुस्काएँ अधर,
आँशुको धारा हृदय भित्रै झारेर जानु छ
गंगा पौडेल”शुभ”
तोपगाछी झापा
हाल दक्षिण कोरिया
