आँशु पुछी तिमी मलाई हाँस्न सिकाऊ
आँटिलो भै जिन्दगीमा बाँच्न सिकाऊ
एउटै आशा भरोशाको तिमी बिन्दु हौ
अविरल बगिरहने तिमी सिन्धु हौ
तिम्रै तालमा मलाई पनि नाँच्न सिकाऊ
आँटिलो भै जिन्दगीमा बाँच्न सिकाऊ
माया प्रेम स्नेहमा तिमी लिप्त छौ
साँचेर ती मायाहरू तिमी तृप्त छौ
त्यस्तै माया प्रेम मलाई साँच्न सिकाऊ
आँटिलो भै जिन्दगीमा बाँच्न सिकाऊ
आँशु पुछी तिमी मलाई हाँस्न सिकाऊ
आँटिलो भै जिन्दगीमा बाँच्न सिकाऊ
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
