Skip to content

ब्यथा बिना दुख्दा छाती

  • by


ब्यथा बिना दुख्दा छाती, दिनभन्दा च्याप्छ राति
कोल्टे फेर्दै रात बित्छ, कुरा खेल्दै नानाभाती

मन चरी उडी जान्छे तन छोडी सयनमा
सपनीको बाटो छेक्न आँशु बग्छ नयनमा
मिर्मिरेमा तारा खस्दा सम्झनाको बढ्यो ताँती
कोल्टे फेर्दै रात बित्छ, कुरा खेल्दै नाना भाँती

निल काँडा बनी बिझ्यो शून्य-शुन्य प्रहरले
आधा पिल्टो भएँ म त माया गर्ने रहरले
ओइलेर फूल खस्दा पत्कर भो आज पाती
कोल्टे फेर्दै रात बित्छ, कुरा खेल्दै नाना भाँती

ब्यथा बिना दुख्दा छाती, दिनभन्दा च्याप्छ राती
कोल्टे फेर्दै रात बित्छ, कुरा खेल्दै नाना भाँती

कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल-द.कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *