Skip to content


मधेशका फाट पहाडका बेसी हिमाल झन् राम्रा
नेपाली भई अटेर बस्ने संस्कृति छन् हाम्रा

मधेशी, राई, लिम्बु र क्षेत्री, खस अनि बाहुन
सम्बृद्धशाली आधुनिक नेपाल बनाउन आउन !

मगर, गुरुङ, नेवार, तामांग सबै नि ! दाजुभाइ
थारु र दलित मिलेर बसे हुनेछ हाई हाई !!

भाग र बण्डा गरेर हुन्न यी मातृ भूमिलाई
भुटानी जस्तै देश छोडी भाग्न लाज हुन्छ हामीलाई

शिव र जनक सिता र भृकुटी अरनिको देश यो
शान्तिका प्रतिक बुद्धको ज्ञान मारकाट अब भो ?

एल एन सुवेदी ”हस्ती”

Leave a Reply

Your email address will not be published. Required fields are marked *