विश्वासघाती, राष्ट्रघाती चाहिँदैन नेताहरू
बिरुद्धमा जनवादी चाहिँदैन नेताहरू ।।
ठूला आशा देखाउँदै फनफनि घुमी हिंड्ने
जनपीडक कुनै वादी चाहिँदैन नेताहरू ।।
कुर्सी भनी मरिहत्ते लाजसरम पचाएका
बेइज्जती, भ्रष्टाचारी चाहिँदैन नेताहरू ।।
देश बेची छिमेकीमा आफू रित्तो हुँदा पनि
खुसी हुने अपराधी चाहिँदैन नेताहरू ।।
“मिलीजुली काम गर्छौं” भन्दै फुक्छन् जति बेलै
आपसमा खिचातानी चाहिँदैन नेताहरू ।।
