Skip to content

विश्लेषण/समालोचना

कुहिरो र घोडचढीहरू

  • by

नेपाली साहित्यका कथा, उपन्यास, शब्दचित्र, निबन्ध, समालोचना र सौन्दर्य चिन्तनका साधक ऋषिराज बराल प्रगतिवादी साहित्यकार, राजनीतिज्ञ र कुशल प्राध्यापक हुन् । उनका बीसभन्दा बढी विविध विधाका कृतिहरू प्रकाशित छन् भने ।

सार्थक प्रयास

  • by

नेपाली साहित्यलाई समृद्ध तुल्याउन यस साहित्यमा भए गरिएका उत्कृष्ट उपलब्धिहरू अन्य भाषा संसारसम्म पुर्‍याउनु र अन्य भाषाका अजम्बरी निधिलाई नेपाली भाषामा ल्याउनुपर्ने टड्कारो चेतनाको तीब्र अनुभूति अहिले गरिँदैछ । जबसम्म हामीले अन्य भाषाका चिर उपलब्धिहरूलाई ग्रहण गरेर आफ्नो भाषामा रूपान्तरित गर्न सक्तैनौं तबसम्म हामीले आफ्नो सिर्जनात्मक धरातलको भूगोल नापेर आफ्नो औकातको असली आँकलन गर्न सक्तैनौं भन्ने भावाधिवोध सघनरूपमा बढिरहेको बेला श्याम प्रधानद्वारा अनुदित प्रेमचन्दका उत्कृष्ट कथा प्रकाशित हुनु एउटा ठोस र प्रेरणादायी सत्कार्य हो ।

एउटा बहुमूल्य काव्य कृति

  • by

कवि रामबाबु सुवेदी नेपाली काव्य विधाका मूर्धन्य प्रतिभा हुन् । कविता र बालसाहित्यमा समान किसिमले कलम चलाउन सफल यिनका एक्काइस ओटा पुस्तकाकार कृतिहरू प्रकाशित भइसकेका छन् । सरल, सहज र मर्मस्पर्शी किसिमबाट कुनै पनि विषयको प्रस्तुति दिनु कवि सुवेदीको विशेषता हो ।

शिखर कलाकार ः हरिप्रसाद रिमाल

  • by

‘शिखर कलाकार हरिप्रसाद रिमाल’ नामक पुस्तकमा हरिप्रसाद रिमालको जीवनी, व्यक्तित्व र कलाकर्मलाई समेटिएको छ । पुस्तकलाई परिचय, शब्दचित्र, लेखकसमीक्षा, अन्तर्वार्ता, आत्मकथन र मूल्याङ्कन गरी ६ भागमा बाँडिएको छ । यस कृतिको सम्पादकमा डा. मोहनहिमांशु थापा र कृष्ण शाह यात्री रहेका छन् ।

थप परिष्कारको अपेक्षा गर्ने कथाहरू

  • by

साहित्यका सबैजसो प्रमुख विधाहरूमा समानरूपले कलम चलाउँदै आएका उत्साही लेखक गोविन्द गिरी ‘प्रेरणा’ को नवीनतम् कथासङ्ग्रह ‘घोराही शून्य किलोमिटर’ मा समसामयिक विषयवस्तुमा केन्द्रित भई लेखिएको २० वटा कथा सङ्कलित छन् ।

अप्ठेरो शीर्षकमा रोचक नियात्रा

  • by

निबन्धकार सुनिल पौडेलको पछिल्लो कृति ‘काएगोको देशमा केही दिन’ हालै बजारमा आएको छ । नियात्रा मानव जातिले यायावरी युगसँगै हुर्काएको सम्झनामूलक वृतान्तको यात्रासाहित्य बनेर आएको छ । घुमन्तेका पदचापसँगै मनस्ताप, प्रवृत्ति र परिवेश, परिकल्पना र पीडा, आनन्द र अनुभूति वर्णन गर्दै भाषाको चित्रात्मक प्रस्तुति अथवा चित्रको भाषागत प्रस्तुतिमा व्यक्त हुने यात्रा साहित्यलाई विवरणात्मक, वर्णनात्मक अनुभूतिपरक साहित्यको रूपमा पनि हेर्ने गरिएको छ ।

‘मौन बतास’ले र्स्पर्श गर्दा

बिक्रम सम्वत २०६३ साउन २५ गते ‘पल्लव’ साहित्य विविध नारायणगढको संयोजनमा र शिवपुरी साहित्य समाज हात्तीगौँडा, काठमाण्डौको आयोजनामा चितवन, नारायणगढ, लायन्सचोक स्थित लायन्स भवनको सभाहलमा आयोजित ‘साहित्य अन्तरक्रिया’ कार्यक्रमको लागि अतिथिको रुपमा उपीस्थति जनाउनु हुने ‘अभिव्यक्ति’ साहित्यका प्रधान सम्पादक नगेन्द्रराज शर्मा, मोहन बुढाथोकी, अर्जन पौडेल निर्जन, मनोज न्यौपाने, शंकर भारती, नरेन्द्रराज पौडेल, ‘शिवपुरी’ साहित्य समाजको अध्यक्ष वियोगी बुढाथोकीज्यू र बगर फउण्डेशनका बिष्णुबहादुर सिंह हुनुहुन्थ्यो । सोही समयमा मलाई एउटा ‘मौन बतास’ नामक हाइकुसङ्ग्रह उपहार स्वरुप प्राप्त भएको थियो ।

यसरी उपहार प्राप्त हाइकुसङ्ग्रह फुर्सदको समयमा अध्ययन गर्दा विश्व साहित्यमा पनि पूर्विय साहित्यमा कविता विधा अन्तरगतको ‘हाइकु’लाई ऋचा वेद अन्तरगतीय गीति छन्द र मन्त्रबद्ध अभिव्यक्तिकैरुपमा पाईने र बौधमार्गी दर्शनमा जोडिएको छोटो कविता हो भन्ने प्रमाणहरू प्रसस्तै पाइन्छ । यो सत्र अक्षरीय बिशिष्ट बिम्ब-बिधानत संरचना गरिने जापानको उन्नाइसौँ शताब्दीको नौलो र नयाँ स्वतान्त्रिक कविता हो ।

TriChandraPratikshya

परम्परादेखि चल्तीमा छ कौडी

संसारमा कौडीको अस्तित्व कहिले प्रकाशमा आयो ? यो भन्न मुस्किल छ । प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ । कौडी हाम्रो धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ । यसले सजावट गर्ने गरिन्छ भने शृङ्गार पनि गर्ने गरिन्छ तर यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सजिलो बनाउनका लागि गर्ने गरियो । यही कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ ।

प्राचीनकालदेखि नै कौडी सिक्काको रूपमा चलिरह्यो । एक समय यस्तो थियो, जब विनिमयका लागि मुद्राको रूपमा कौडी नै प्रचलित थियो । प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्त्व थियो । त्यस समयमा पूरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो । यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरहृयो । अफ्रिकाको धेरै जस्तो भागहरूमा १९ औँ शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो । त्यहाँका राजा ‘क्युरियामा’ को वाषिर्क आय ३ करोड कौडी थियो । नास्सावामाका राजाले आफ्नो जमीन एक अफ्रिकी कम्पनीलाई ३ लाख कौडीमा दिएका थिए । सन् १८६० मा त्यहाँ ५ कौडीले एउटा अण्डा र ३० कोसा केरा पाइन्थ्यो । त्यहाँका ‘इभ’ जनजातिका मानिसहरू लासलाई माटोमा गाड्दा साथसाथ कौडीहरूले ढाकिदिन्थे, ताकि मृतक कसैको भएमा त्यसले उक्त कौडीहरूबाट असुल गर्ने गरिन्छ भन्ने धारणा छ । यस्तै मिश्रमा मृतकको आँखाको ठाउँमा कौडी लगाइदिने गरिन्छ, किनभने कौडी खुल्ला आँखा जस्तै देखिने भएको हुनाले मिश्रबासीहरूको विश्वास छ कि मृतकको आँखामा कौडी राख्नाले दुष्ट आत्माहरू भाग्दछ ।

KumarBablu

मानव जीवनमा संगीतको महत्व

मानव जीवन संगीतकै साथमा जन्मछ र संगीतकै साथमा अस्त पनि हुन्छ । धर्तीलाई स्पर्श गर्नासाथ बालक सर्वप्रथम रुन्छ । त्यो एक प्रकारको संगीत नै हो । मानिस मर्दा पनि रामनाम सत्य हो भन्ने महामन्त्र जप्दै दाहसंस्कारमा लगिन्छ । त्यो पनि संगीत नै हो । यी दुबै कुराले संगीतलाई सूत्रात्मक तवरले बाँधेको भने पाइन्न किनभने यसको आयाम वृहत् हुन्छ । आजसम्म संसारमा जन्मेका स्वस्थ बच्चा नरोई रहन सकेका छैनन् । त्यस्तै मृत्युसंस्कारमा संगीतको गुञ्जायमान नगरी अर्थीको दाहसंस्कार गरिएको पाइन्न । जीवन नै संगीतले बाँधिएको छ । कोइलीको सुरिलो र कोमल आवाजलाई मन पराएर नै उक्त पक्षीलाई सबैले मन पराएका हुन् । मयुर त सुन्दर पक्षी हो तर यसले आफ्नो सौन्दर्यताभन्दा उत्तम तवरले नृत्य देखाउँछ जसले सबैलाई चकित तुल्याएको हुन्छ । कोमल र सुरिलो स्वर भएका मानिसलाई सबैले मन पराउनुको तात्पर्य पनि संगीतकै हात भएकाले हो । खराव कुरा पनि मीठो भाकामा र स्वरमा भनियो भने मीठै लाग्दछ । यी सम्पूर्ण वास्तविकताहरुमा संगीतको लोकप्रियताको भूमिका छ । मानव सभ्यताको विकासपूर्व या नि मानव भाषाको विकास अघिदेखि नै संगीतको विकास भएको विचार विद्वान् मैक्समूलरको छ । यस कुरालाई काट्ने ठाउँ कतै छैन ।

हिन्दू संस्कारअनुसार नामाकरण, कर्णछेदन, मुन्डन, विद्यारम्भ, जनैधारण, विवाह, मृत्युसंस्कार आदि गरी जम्मा १६ संस्कार छन् । ती सबै संस्कारको शुरुवात र अन्त संगीतबाटै हुन्छ । हामी मनाउने त्यस्तो कुनै पर्व छैन जसमा संगीतको भूमिका नभएको होस् । दिनभरि कठोर श्रमले दिएको थकानलाई बाँसुरीको मीठो धुनले क्षणभरमै मेटाइदिन सक्छ । बालिनाली रोप्न शुरु गर्दा होस् या भित्र्याउँदा होस् संगीतकै आधार लिइन्छ । नाच्दै, गाउँदै, मन बहलाउँदै गरिएका कार्य शुभ हुन्छन् भन्ने मान्यतालाई स्तापित गर्न समेत संगीतकै हात छ ।

साहित्यिक पुरस्कार र पद्मश्रीको शाख

  • by

बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भएपछि भाषासाहित्यको क्षेत्रमा दिइने पुरस्कार र सम्मानको सङ्ख्या अकल्पनीय रूपमा बढेका छन् । व्यक्तिगत रूपमा पुरस्कार दिने परम्परा निकै अघिदेखि चल्दै आएको भए पनि संस्थागत रूपमा भने वि.सं. २०१० बाट सुरु भएको पाइन्छ । नेपाल भाषाका साहित्यकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पाटनका उद्योगपति एवं समाजसेवी स्वयम्भूलाल श्रेष्ठले स्थापना गरेको ‘श्रेष्ठ सिरपा’ पुरस्कार नै नेपालको पहिलो पुरस्कार हो ।

परमआनन्द, जीवन र गायत्री मन्त्र

आनन्द र जीवनको अन्योन्याश्रति सम्बन्ध छ । जिउने कला जान्नका लागि आनन्द प्राप्त गर्न जान्नुपर्दछ भने आनन्द प्राप्त गर्नका लागि अध्यात्म चिन्तनलाई भौतिक विज्ञानसँग समायोजन गर्न आवश्यक पर्दछ । प्रकृति भौतिक विज्ञानको स्रोत तथा अधिष्ठान हो । मूल वेद-ऋग्वेदलगायतका ४ वेदहरू, बेदान्त विज्ञान हेर्दा यो यथार्थमा बाँच्ने कला सिकाउने प्रकृति प्रधान तथा नित्यकारी उपायहरूको खानी रहेको पाइन्छ ।

लिपिको उत्पत्ति र विकास

  • by

मानव जीवनसित नङ र मासुजस्तो अभिन्न सम्बन्ध भएको एउटा पक्ष लिपि हो । लिपिको माध्यमबाट नै मानव-मानवबीचमा आफ्नो भाव, अनुभूति संप्रेषण हुन्छ । यसबाट मानव सभ्यताको विकास हुन्छ । वास्तवमा लिपिको उत्पत्ति र विकासबाट नै मानव सभ्यताको इतिहास आजको युगसम्म पुग्न सकेको हो ।

संवेदनाको कङ्क्रिटमा उभिएर

  • by

जब म झ्यालबाट बाहिर चिहाउन खोज्छु, सिमेन्टका बाक्ला जङ्गलहरूमा ठोक्किएर दृष्टि आफैँतिर फर्किन्छन् । कुनै बेला यही राजधानीलाई भानुभक्तले ‘अमरावती कान्तिपुरी नगरी’ भनेर स्वर्गको पनि शिरमा राखेका थिए । आज यो अमरावती धूँवा, धूलो र अनेकन प्रदूषणभित्र निसास्सिएर क्षयरोगी भएको छ । मान्छे त छन्, त्यसैले यसलाई बस्ती नभन्नु सार्थक नहोला तर मानिसभित्रको संवेदना अब राजधानीले समाहित गर्न नसक्ने भएको छ । राजधानी अब मानिसको चेतना र भावनाबाट बिस्तारै पाषण स्वभावमा रूपान्तरित हुँदैछ ।

मिथिलाका चाडपर्व र तिनको वैशिष्ट्य

  • by

कुनै पनि संस्कृतिको आश्रयस्थलबारे अनुसन्धान गर्नलाई त्यहाँका चाडपर्वहरू केलाउनुपर्ने हुन्छ । हाम्रा सोच, शैली, संवेदनाहरू मुख्यतया चाडपर्वमै मुखरित भइरहेका हुन्छन् । यसकै माध्यमबाट समाजमा स्नेह, सौहाद्र र सद्भावलाई निरन्तरता दिने र नवीकरण गर्ने काममा मानिसले सफलता पाउँदै आएको देखिन्छ ।

उहिलेका देवीप्रसाद अहिलेका डी.पी.

  • by

कमरेडहरूले नाम परिवर्तन गरेपछि आफ्नो पुरानो नाम भुसुक्कै बिर्सिएर अङ्ग्रेजी नामबाटै परिचित हुन थाल्नुभयो उहाँ पार्टीमा । पार्टीका साथीहरूले राखिदिएको नाम साहित्यमा पनि रहन पुग्यो । झण्डै साढे ६ दशकअघिको कुरो यो । यतिखेर उहाँलाई राजनीति र साहित्य दुवै क्षेत्रले पछिल्लो नामबाट समेत बिर्सन थालेको छ ।

उहाँ हाम्रो देशका ठूला कवि

  • by

म १८ वर्षको छँदा २०१६ सालमा मेरी फुपूको मुखबाट निस्केको वाक्यांश आज म ७० वर्षको हुँदा पनि मेरो कानमा गुञ्जँदैछ, ‘उहाँ हाम्रो देशका ठूला कवि!’

कुरा ०१६ भदौको दोस्रो/तेस्रो सातातिरको हो। एकदिन बिहान ८/९ बजेतिर पशुपतिको दर्शनपछि त्यहाँ नजिकै देवपत्तनमा कविप्रसादको ‘हरेराम कुञ्ज’मा फुपूलाई भेट्न गएको थिएँ।

विज्ञान र आध्यात्मको फ्यूजनद्वारा हुने प्राकृतिक वर्षा

  • by

हामी कृषि प्रधान देशका वासिन्दा हौँ । अधिकांश नेपालीहरू कृषि पेशामै आवद्ध छौँ । यही पेशा नै हाम्रो जीवन हो । जलस्रोतका धनी भएर पनि उपयोग गर्न नसकेर दरिद्र भएका छौँ । आकाशे वर्षाको भरमा खेतिपाती गर्नु पर्ने वाध्यता छ । यसै वर्ष पनि तराईका अधिकांश जिल्लाहरू सुख्खाग्रस्त रहे । धानबाली लगाउन सकिएन र खेत बाझै रह्यो । त्यसैले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने चौतर्फी दवाव सरकारले बेहोर्नु पर्यो ।

यसै सन्दर्भमा एउटा काल्पनिकजस्तो लाग्ने कुरा नै सोचौँ—आफूले चाहेको ठाउँ र स्थानमा प्राकृतिक वर्षा गराउन सके कस्तो हुन्थ्योहोला ? यदाकदा हुने गाउँघर, शहरबजार नै डुवान हुने गरी पर्ने वर्षालाई रोक्न सके कस्तो हुन्थ्योहोला ? यी केवल कल्पना हुन्, वास्तविक हुन सक्दैनन् भन्ने दावी हाम्रो रहला । हुन त पानीबाट बिजुली निकालेको घटना होस् या एकै परमाणु बमले सहर नै एकै पटक क्षणभरमै खरानीमा परिणत गर्ने कुरा नै किन नहोस् या मान्छेका पुर्खा बाँदर नै हुन् भन्ने कुरा नै किन नहोस् सुरुमा अपत्यारिँदा नै थिए । व्यवहारमा प्रमाणित भइसकेपछि हामीलाई सत्य हो भन्न कर लाग्यो । त्यस्तै कर्णप्रिय कोमल ध्वनिद्वारा निर्मित उर्जाको कारणले प्राकृतिक वर्षा गराएर जनकल्याणको कार्य गर्न सक्छु भनेर दावी गर्ने प्रतिभा पनि नेपाली समाजले पाइसकेको छ । यसै सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विचार घतलाग्दो छ । उनले नेपाली समाजमा टर्नर, ग्यालिलियो, सेक्सपीयर, आइन्स्टीनहरू हलो जोतिरहेका, गोठालो गरिरहेका छन् भन्ने आशय व्यक्त गरेको कुरा स्मरण गर्नु मनासिव ठहर्दछ । राजविराज सहरमा पनि अद्भूत खोज गर्ने व्यक्ति पाइनु पनि देवकोटाकै मतलाई बल पुर्याउनु हो । त्यस्ता खोजकर्ता प्रतिभा हुन्–एम.एस्सी (फिजिक्स, फस्ट क्लास फस्ट) योग्यता भएका राजविराज–९, सप्तरी निवासी दिलिपकुमार झा ।

भ्यालेन्टाइन डे संस्कृति कि बिकृति ?

प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ ।

सृजामाता खण्डकाव्यमा आदिमतापरक चिन्तन

  • by

साहित्यमा निहीत भाषा, संस्कृति, मिथक, आदिम मानवीय वृत्तिको पहिचान गरी त्यसैका आधारमा साहित्यिक सौन्दर्यको आस्वादन गर्ने र कृतिको मूल्य निर्धारण गर्ने कार्य नै आदिमतापरक समालोचना हो । कुनै पनि साहित्यिक कृतिमा यिनै तत्वको पुनरावृत्ति हुन्छ भन्ने मान्यता यसको रहने हुँदा आदिमतापरक समालोचनाले आदिम वृत्ति, आद्यविम्बि र आद्यढाँचाका आधारमा कृतिको विश्लेषण गर्दछ । मिथक, धर्मशास्त्र, आदिमवृत्ति, आद्य ढाँचा तथा आद्यविम्बात्मक प्रयोगका दृष्टिले देवकोटाका सबै सिर्जना उच्च कोटिका छन् । यसर्थ आदिमतापरक चिन्तनबाट देवकोटा र उनका कृतिहरूको अध्ययन नगरे त्यो अध्ययन अपूर्ण नै रहने हुँदा यो लेख देवकोटामा आदिमतापरक चिन्तन र सृजामाता खण्डकाव्यमा प्रयोग भएका आद्यविम्बहरूको खोजी र विश्लेषणमा केन्द्रित रहेको छ ।