Skip to content

हेर्न लाउनु (मुक्तक)


गाउँ पस्दा नेता बाँझो, त्यो खेतको आली हेर्न लाउनु
फुटेका चुरासँगै नारीको, त्यो सिउँदो खाली हेर्न लाउनु
नेताको स्वागत मात्र गर्ने हैन, हरेक जन-जनका पीडासँगै
दिनहुँ पेट भर्ने जनताको, त्यो भातको थाली हेर्न लाउनु

मेलौली नगरपालिका वाडं नं. ८
कोटीगाउँ, बैतडी

2017-05-11 13:30:38 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *