Skip to content

प्रियसी संग बिछोड हुँदा


कति बसौ बिछोडमा नै अब छिट्टै फर्किदै छु सानु,
तिमीलाई भेट्न आउँदै छु म दोबटोमा पर्ख है त सानु ।

दुइ दिनको छोटो जीवन यो मरिजाने चोला,
तिमीलाई रुवाई बिदेसिएँ हातमा बोकी झोला।
धेरै धन कमाएर खुसी राख्ने सपना देख्दा,
अनायसै रुवाएछु नजानेरै तिमीलाई सानु ।।

भो चाहिदैन धन र सम्पत्ति तिम्रो माया पाए पुग्छ सानु ,
भन्थ्यौ तिमीले सम्झिएर अहिले मन दुख्छ सानु।
धनको अर्थ के नै रहयो मन मा शान्ति नभएपछि,
चिन्तामा नै दिन बिताउदै हौली मैले छोडेर आएपछि ।।

हौली तिमी मेला पात, घास दाउरा गर्दै बन पाखामा,
सजाएर आउँदै छु म तिम्रै तस्बिर दुई आँखामा सानु।
तिम्रै यादमा कति रात कोल्टे फेर्दै बिताउँदा,
तिमीलाई पनि उस्तै होला सानु सम्झनाले सताउँदा।।

बिछोडको बयान के गरौ सानु तिमीलाई पनि उस्तै होला,
मैले जस्तै सम्झिएर तिम्रो मन पनि रुन्थ्यो होला।
सपनिमा देख्दा तिमीलाई सन्सारै म भुल्ने गर्थे सानु
बिपनिमा तिम्रै यादमा तड्पिएर एक्लै दुल्ने गर्थे सानु ।।

कस्ता भा छन् बाबा आमा कस्तो भए होला गाउँ
सोच्दा पनि मिलनको पल उमङ्ग ले छोड्छ ठाउँ
कति बसौ बिछोडमा नै अब छिट्टै फर्किदै छु सानु,
तिमीलाई भेट्न आउँदै छु म दोबटोमा पर्ख है त सानु ।

मदन डुम्रे “बिद्रोही”
थुमपोखरा ५ छोरेखर्क
हाल दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *