Skip to content

परेलीको भाषा


परेलीको भाषा मैले बुझ्नै सकिन
तिम्रो मनको मन्दिरमा बस्नै सकिन
मेरो आफ्नै मजबूरी छ भन्नै सकिन
तिमी किन मरी मेट्छ्यौ जान्नै सकिन

म चाहिँ भने एकान्तमा बस्न चाहन्छु
त्यो एकान्त नबिथोल भन्न चाहन्छु
भन्न मन लाग्छ तर भन्नै सक्दिन
तिम्रो छेउमा आएपछि बोल्नै सक्दिन

कसैसँग आजसम्म माया लाइन
परेलीको भाषा तिम्रो बुझ्न चाहिँन
नआइदेउ मेरो पछि म त मान्दिन
एकान्तमा बस्न बाहेक अरु जान्दिन

परेलीको …………………..

First published in Majheri at : 2012-09-17 00:00:33 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *