Skip to content


उधृएको खरको छानो हेर्दै,
ऊ मुस्कारायो,
अहो ! दसैं पनि आइसकेछ,
लामो हाइ काडेर ऊ
फुल्मायातिर फर्कियो,
रेसा रेसा भएर फाटेको
फुल्माया को चोलीमा,
उसले सबै तीज र तिहारहरू पायो,
ऊ पुन : भुन्टेतिर फर्कियो,
मस्त निद्रामा निदाइरहेको भुन्टेका हातहरू
उन्युका डुकुसरी हावामा हल्लिरहेका थिए ‘
उस्ले मनमनै अनुमान लगायो,
शायद भुन्टे भञ्ज्याङ को चौउरमा
चङ्गा उडाइरहेको होला !?
ऊ जुरुक्क उठ्यो र आफ्नो
पुरानो कमिजलाई नियाल्यो,
कमिजका प्रतेक टालाहरूमा उसले
पोहोर, परार अनि अघिल्ला सबै
दसैंहरू पायो !!
आधा निभेको बिडिको ठुटो सल्काएर
ऊ मन्मनै मुस्कुरायो,
फुलमायाको चोली,
भुन्टेको रहर,
अनि मेरो कमिजसँगै
सबै पुराना दशैहरू
मसँगै त छन नि !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *