Skip to content


जब जब फूलहरू किचिमिची पारिन्छन,
आफ्नै शृजना माथि बमका गोला र वारुद बर्साइन्छन,
तब तब म आफैँसित प्रश्न गर्छु
‘मानवता’ के हो?
यो कहाँ छ?
केवल शब्दकोषको पन्नाहरूमा?
या सभ्य र सुशँस्कृत भनिनेहरूको मुखौटामा?
जसको कुनै अौचित्य छैन!
मेरो गुनासो बनावटी होइन,
मेरो आरोप तर्कहीन छैन|
मैले खुबै खोजेँ,
उनीहरूको आँखामा हेरेँ,
मनभित्र खोस्रिएँ,
विचारमा विचरण गरेँ!
अहँ कतै पाइन,
पाउँदै पाइन!
मलाई थाहै थिएन,
‘मानवता’ को मैझारो भइसकेछ!
सायद, सँवेदना विहीन भैसकेको यो सन्सारमा
मानवताको कुनै अर्थ रहेन|
बम र वारुदको विकल्प भएर
उसलाई बाँच्ने इच्छा भएन!
असह्य पीडाले छटपटाउँदै,
मानवताको भिख माग्दै,
मैझारो भैसकेको मानवतालाई
म खोजिरहेछु,
खोजिरहेछु!
मेरो विडम्वना!!
‘मानवता’ को मैझारो भैसकेछ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *