Skip to content

मुटु आफैसँग राखें मन दिएँ मन साट्दा पीडा भो
खुशी बाड्न खोजें माया नचिन्नेलाई माया भार भो ।

माया के हो चिन्न नजान्नेलाई माया पनि व्यथा बन्छ
मनभित्र लुकाएर हुन्न हाँस्दै बाँच्न माया साट्नु पर्छ ।

फूलको सुन्दरता फूलसँगै हुन्छ मान्छेको माया दिलमा
माया उपहार दिनु भूल हुन्छ सँगालेर राखौं मनमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *