Skip to content

आउँछ खुशी एकदिन,हेर दुख:पिडा थेग्यो भने !!

बिझाउछ खाली खुट्टा,काँडा माथी टेक्यो भने !
कति सम्म लाग्यो चोट,थाहा हुन्छ देख्यो भने !!

लाखौ तारा भए पनि,अन्धकारमै हुन्छ आकाश !
ज्योति छर्ने चाँदनीलाई,बादलुले छेक्यो भने !!

बिर्सने छन दुनियाँले ,लैला मझ्नु-मुना -मदन !
तिम्रो मेरो प्रेम कथा ,इतिहास लेख्यो भने !!

यता कोल्टे चिसै लाउछ,उता कोल्ट्यो झनै चिसो !
न्यानो हुन्थ्यो प्रिय यता,तिम्रो काखले सेक्यो भने !

सँघर्ष हो जिन्दगी यो ,हरेस खानु हुँदै-हुन्न!
आउँछ खुशी एकदिन,हेर दुख:पिडा थेग्यो भने !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *