Skip to content

अल्झेछ क्यारे पछ्यौरी


अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

आउँछे कि चेली भनेर आमा दोबाटो धाइथिन्
तीजमा पनि बिर्सेछ क्यारे गरीब माइती
सल्लाझै आमा सुसाइरहिन, एक्लै कोठामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

छोरीलाई आशीष हाल्न पाइन अन्तिम सासैमा
भन्थे नि बाबाले आँसु झारी टिकाको थालीमा
त्यै आँसु टिका पठाइदिऊँ कि, प्रवासको पातमा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

भन्थे नि दाइले भाइटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो ईन्द्रेणी लर्केला
दिनभरि काग कराइरह्यो, बेलको ठुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

शब्द – भूपि शेरचन
स्वर – नारायण गोपाल
संगीत – अम्बर गुरुङ्

2 thoughts on “अल्झेछ क्यारे पछ्यौरी”

  1. आहा! कति मीठो गीत छ यो| यो
    आहा! कति मीठो गीत छ यो| यो गीत upload गर्नेलाई धेरै धेरै धन्यवाद साथै कलमकार भूपि शेरचन गायक स्वर सम्राट नारायण गोपालज्यु अनि संगीतकार अम्बर गुरुङज्युलाई कोटी कोटी साधुवाद

  2. “त्यै आँसु टिका पठाइदिऊँ कि,
    “त्यै आँसु टिका पठाइदिऊँ कि, प्रवासको पातमा”: यस पंक्तिमा “पातमा” शब्द त्रुटीपूर्ण हो जस्तो लाग्छ । मेरा एकजना मित्र, पर्ल रेग्मीजीले यसै गीतबारे भएको एउटा फेसबुक छलफलमा यो “पतामा” (ठेगानामा) होला भनेर लख काट्नुभएको थियो र मलाई पनि हो जस्तो लागेको छ ।
    दीपक खडका

Leave a Reply

Your email address will not be published. Required fields are marked *