Skip to content


मेरी प्यारी किन तिमी दूर भै झन् हराई
चिन्ता यौटै मनभर सधैँँ हौ कि बन्ने पराई ।
कैले सम्मन् कति कुरिरहूँ वेदना यो बुझेर
विन्ती वावा नगरन ढिला झट्ट आऊ उडेर ॥

जैले हुन्छुयौ पर पर तिमी पोल्छ छाती दुखेर
होला कैले मिलन पि्रयता सोध्छ आत्मा खुलेर ।
तिम्रा मीठा दूइ अधरमा खोज्छु मुस्कान लाज
पर्खी पर्खी दिन वितिगए नित्य मान्दै हतास ॥

तिम्रो मात्रै किन झलझली सम्झना बढ्न थाल्यो
छाडी जाँदा दिन दिन यहाँ शून्य झैँ लाग्न थाल्यो ।
मेरी रानी अतुल मनकी चाँदनी दिव्य तारा
जैले सम्मन् धरणितलमा बाँच्छु तिम्रै सहारा ॥

मैले भोग्ने सुख दुख सबै सम्झ मेरी तिमी हौ
बषैर्ँ ज्यूने अमित ममता प्राण मेरी तिमी हौ ।
मैले प्यूँने पवन रुपका श्वास मेरी तिमी हौ
मेरो जो हौ सकल मनको मात्र मेरी तिमी हौ ॥

फर्के हुन्थ्यो अब त नभुली सम्झनाले सतायो
तिम्रै तिम्रै प्रणय रसिला तिस्रना जाग्न थाल्यो ।
अङ्गालीमा कसिकन मिठो प्रीत लाऊ नहेरी
पोखी पोखी रसमय सुधा प्यूँन पाऊँ म फेरी ॥

मन्दाक्रान्ता छन्द म भ न त त गु गु १७ अक्षर
ऽऽऽ ऽ॥ ।॥ ऽऽ। ऽऽ। ऽ ऽ ४ ६ ७ मा विराम

रत्ननगर- १३ चितवन हालः काठमाण्डौ ।

4 thoughts on “वेदना”

  1. sankarji, tapaiko bedana
    sankarji, tapaiko bedana kabita sringariktama sallla bagge rahechha, sahrai nai ranro lagyo. feri feri pani ystai kabitharu padhna pau.

    majheriko pathak,

    krshnakumar, bhairahwa, nepal.

  2. मेरी प्यारी किन तिमी दूर भै
    मेरी प्यारी किन तिमी दूर भै झन् हराई

    Does this line obey the rule of “MANDACRANTA CHHANDA”?

    NIKESH ADHIKARI
    NUWAKOT

    [email protected]

  3. पहिलो पाउ मै त्रुटी भयो कवि
    पहिलो पाउ मै त्रुटी भयो कवि महोदय ।

  4. त्रुटि सच्याउनु हैै भाइ ।
    त्रुटि सच्याउनु हैै भाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *