मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
धामीका सन्तान
kbs — Sat, 09/26/2009 - 07:24
कहिलेकाहीं बिर्खुरामलाई अनेक सुर चढ्छ । यो चोटी उसलाई झारफूक गर्ने विद्या सिकेर ठूलो धामी झांक्री वन्न रहर लाग्यो । गाउँकै लट्टे धामीसँग शिक्षा लिने विचार गर्यो । लट्टे धामी पनि एकदम प्रख्यात झाँक्री मध्ये पर्थ्यो । हुन पनि हो कोही बिरामी भयो कि रातरात नभनी तुरुन्त पुग्थ्यो । अनि अचम्मको कुरा बिरामीलाई के भको ठ्याक्कै पत्ता लगाथ्यो । बिर्खुरामलाई अचम्म लाग्थ्यो घरिघरि ।
एकदिन लट्टे धामीलाई मुडमा देखेर बिर्खुरामले सोध्यो, "गुरुजी कसरी तपाई मान्छे बिरामी हुनुको कारण पत्ता लगाउनु हुन्छ?"
लट्टे धामीले हाँस्दै भन्यो, "हेर अलिक दिमाग लाउनु पर्छ । जस्तै त्यसको घर वरिपरिको वातावरण हेर्नुपर्छ । उसले के खाएको थियो भने मनमनै पत्ता लगाउने कोशिस गर्नु पर्छ ।"
बिर्खुरामले आँखी भौँ उचाल्दै अचम्म मान्दै सोध्यो, "अनि आज पल्लो गाउँको ध्वाँसेले केराउ खाएर पेट दुखेको भनेर कसरी पत्ता लगाउनु भयो त ?"
लट्टे धामीले लट्टा मुसार्दै भन्यो, "हे मुर्ख! अलिक दिमाग लगाउनु पर्छ भनेको होइन । यसो बिचार गर्दै थिए ध्वाँसे सुत्ने खाटमुनि दुई चार वटा केराउका बोक्रा थिए क्या बुद्दु । ए बिर्खुरामले बुझेर टाउको हल्लायो ।"
बिर्खुराम लट्टे धामी संग विद्या सिक्न थालेको धेरै हुन लागेपछि बिर्खुराम कतिको जान्ने भएछ भनेर लट्टे धामीले परिक्षा लिने विचारले डाँडा गाउँको धुर्तमान विरामी भएको सुनेपछि बिर्खुरामलाई एक्लै पठायो । बिर्खुराम पनि के हुने हो मेरो विद्या सफल हुने नहुने हो दोमन हुँदै डाडा गाउँ धुर्तरामकोमा पुग्यो, धुर्तरामको निधार छाम्यो नाडी छाम्यो। तर नजर भने कोठाको वरिपरि घुमाउँदै गुरु विद्यालाई उपयोग गर्दै थियो । अचानक बिर्खुराम आफ्नो झोला बोकेर कसलाई केही नभनी हस्पाङ्ग फस्याङ्ग गर्दै आफ्नो गुरु लट्टे धामीका पुग्यो र आतिदै भन्यो, "गुरुजी गजब भयो आज ।"
"के भयो बिर्खु किन आतिएको ?" लट्टेधामीले सोध्यो ।
बिर्खुरामले छिटो छिटो सास लिदै भन्यो, "धुर्तरामले त कुकुर खाएछ ।"
"के भन्छ यो कसरी हुन्छ ?"
"किन नहुनु ऊ सुतेको खाटमुनि कुकुर बाध्ने साङ्गलो मात्र थियो ।"
लट्टे धामी चक्कर लागेर त्यही लड्यो । बिर्खुराम विस्तारै फत्फतायो “धामीका सन्तान” ।
- 3459 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 hours 54 min ago - सानो आग्रह गरे है सर
22 hours 36 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 22 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- Dv lottery
Last viewed:
- एउटा मानिस एउटा जीवन
- दुई मुक्तक (आफन्त नै, जितिन्छ)
- एउटा मिठो कविता लेख्न सकिएन
- professor शिव
- किन होला यो चरी रोएको
- एउटा यात्रामा
- तिमीलाई हेर्ने
- राष्ट्रव्यापी प्रतियोगितामा मुक्तक पठाउने म्याद थपियो
- आरम्भको नयाँ चित्र
- किन बढ्दैछ ढुकढुकी मुटुको
- महिलावादप्रतिको दृष्टिकोण
- आमाहरुको सपना
- माया मेरी साँझ बनी
- आमाको रोदन
- आमा र ममता
- यूगको थालनी -२
- आमाका आँशु
- वैसले ठगेको मान्छे म .......
- कुन देशकी चरी हौ तिमी
- रमेश विकलको जीवनयात्रा र योगदान
- माथि माथि सैलुङ्गेमा
- मुटु छुने कविताका पंक्तिमा कृष्ण सेन इच्छुक
- बिजोग
- आर्थिक क्रान्तिका अभियन्ता भट्टराईलाई अभिवादन !
- मझेरी भलाकुसारी, अंक ०४ (तीर्थ "यात्री" पौडेल)
- प्रेम र वासनाको भुंग्रोमा दु:ख सेकाइरहेका नेपालीका कथा
- सुन पगाल्न भन्दा धेरै
- सम्झना
- तिमी पाएँ देखि बाट
- मनको बाँध फुट्नलाई चर्किएछ आज
dherai ramro.
usha (not verified) — Sat, 07/16/2011 - 16:23dherai ramro.
कथा धरै राम्रो लाग्यो
yadab silwal — Sun, 11/20/2011 - 10:55कथा धरै राम्रो लाग्यो
yadab
कथा धरै राम्रो लाग्यो
bishwabandhu — Thu, 02/09/2012 - 00:40कथा धरै राम्रो लाग्यो
bishwabandhu
nice
franklin jon (not verified) — Thu, 05/10/2012 - 18:00really nice....funny
जे होस् यो कथालाई मान्नै पर्छ
prashant.yesmali — Thu, 11/01/2012 - 14:48जे होस् यो कथालाई मान्नै पर्छ गजब लग्यो
Post new comment