Skip to content

यत्रतत्र, र्सवत्र छरिएर बसेका
गुनासाका डुङ्गुरहरूमा माझमा
मेरी आमाले रचिदिएकी छिन्,
फगत मेरो निम्ति हैन, सायद हामी सबैको निम्ति,
एउटा सुकिलो भकारी, मात्र भविष्यको

सल्बलाइरहेका मुसाहरू
कुद्दैछन् खलीहानभरि
एउटा ढेडुचाहि“ एकलौटी भन्ठान्छ
यो सिङ्गो भकारी
स्यालहरू जङ्गलबाट चिच्याइरहेछन्
चिरोफारोका दाउमा
परको झ्यालबाट नियालिरहेको बिरालो
सबैलाई अभिवादन गर्दो छ
नया“ वर्षो नया“ सम्झौताको निम्ति
बिरालो र मुसाहरूको बीचमा

तुवा“लोले बेरिएको टाढाको क्षितिजलाई
नियालेर हर्ेन मेरी आमाले सिकाएकी हुन्
मलाई धेरै पहिले,
तामाकोसीमाथिको डा“डाबाट
गौरी-शङ्करका चुचुराहरू
अनि राम-जानकी मन्दिरका गजुरहरू
एकै फन्कोमा दर्शन गर्न
उनैले सिकाएकी हुन् मलाई

हिजोको तुवा“लो मरीनका गोठहरूबाट निक्लन्थ्यो,
गाईलाई पकाइदिएको कु“डोको बास रुमल्लिन्थ्यो नाकभरि
आज तुवा“लो बन्दुकका नालहरूबाट निक्लन्छन्,
अनि डढेको बारुदले चर्‍याउ“दैछ फोक्सो
फरक फगत यति मात्र हो
हिजो खरानी गुइ“ठाको हुन्थ्यो,
आज खरानी पड्किएको पटाकाको हुन्छ

अनि डढेको मासु र हाडको हुन्छ,
फरक फगत यति मात्र हो ।
हिजोको तुवा“लो छिचोल्न
चन्द्रमाको शीतल उज्यालो मनग्गे हुन्थ्यो
आजको तुवा“लो छिचोल्न
उष्ण अमेरिकी नाइट भिजन चाहिन्छ
फरक फगत यति मात्र हो ।

हे बान्धवहरू
पटाकाहरू मात्र पटाइरहन्छन्
मानिस बा“चि नै रहन्छ
हिन्द महासागरका सुनामी छालहरू पनि
यही सृष्टिका रीत हुन्, आउ“छन् र जान्छन् ।
पटाका र छालहरूका माझमा
हरेक मुसा, बिरालो र स्यालको अस्तित्वले
फड्को लिनु नै पर्ने हुन्छ
तैरने प्रयास गर्नु नै पर्ने हुन्छ ।
यी जमर्काहरू मानव अस्तित्वका
जिम्मेवारीहरू हुन्, जारी राख्नु नै पर्ने हुन्छ ।
भविष्यका भकारीहरूलाई लिपी, पोती, सुकिलो राख्नु
र सिङ्गो जोगाइराख्नु हामी सबैको दायित्व हो,
राख्नु नै पर्ने हुन्छ, सन्ततिको लागि ।

नेपाल साप्ताहिक
अंक १२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *