Skip to content


मेरो गाउँको वीचमा
मेरो घर अगाडी एउटा धारो छ
भन्दा त गाउँमा धारो छ
वास्तवमा धारोमा गाउँ छ ।।
एकाविहानै धारोभरि गाउँ हुन्छ
एकएक गर्दै ऊ सवैको खबर लिन्छ
कसको चुलो बलेन, कसको घर चलेन
कसको लोग्ने फर्कियो, कसकी चेली विदेशिई
कसले स्वास्नी कुट्यो, कसको घर फूट्यो
कता मीठो पाक्यो, को भोकै सुत्यो ।
मुग्लान र कालापारको कथा
पुराना भएर होकि उ त्यति रुचाउँदैन
आजकल त हङ्कङ्, मलेसिया,
साउदी, कुवेत र दोहा
जापान हुँदै कोरिया, अमेरिका र यूरोपभरि
सबैको खबर खुवै चासोले सुनिरहन्छ ।
अपमानको पीडा, जीवनको ब्यथाले
पधेर्नीको गह भरिएर पोखिँदा
ऊ पनि एकोहोरो छचल्किरहन्छ गाग्रीभरि
आँखाबाट आँसुजस्तै पीडा र बेदना पोख्दै
र परदेशी फर्केको दिन खुसीले झिसमिसेमै र्झछ
छर्-छर् छर्- छर् पधेर्नी खित्कासँगै ।
तर आजभोलि,
एक्लिदै छ धारो गाउँसँगै
चल्दैनन् खासखुस्, बज्दैनन् चुरा,
सुनिदैन हाँसो, गर्दैनन् साउती तन्नेरीहरू
विदेशिने तांतीले चोरेको छ उसको जवानी
बृद्ध जिबन बाँच्न थालेको छ, धारो गाँउसँगै
एक्लै जीवन धान्न विवश निवृत्त बाबुआमा जस्तै
एक्लैएक्लै सुस्केरा हाल्न थालेको छ उ
घरकुरी बस्ने वृद्ध बाबा-आमा सँगै ।

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *