जे भन्यौं तिमीले माने मैले कुरा
आज किन बनाइदियौ सबै कुरा भुरा
अनायास नै किन किन हुन्छौ टाढा–टाढा
थियो हाम्रो माया भ्यालेन्टाइनभन्दा गाढा
पाउनु गुमाउनु त केवल समयको खेल भयो
हाम्रो मिलन आज पनि काडैकाँडाको जेल भयो
पठाएको छु मैले चिठ्ठी परेवाको हात
आश अँझै राख्ने दिन्छौ भनी साथ
आश राखी बसेको छु यो मनैभरि
यही उपहार दिए तिमीलाई आज शब्दहरू छरी
संगीता सुवेदी
सिन्धुली, भिमान

छोरीको गीती कविता पढे
छोरीको गीती कविता पढे स्वादिलै छ भन्नु पर्यो । अझ माझिएका सामग्री यसमा पढ्ने आसा गरेको छु ।
धन्यवाद हजुरलाई, आगामी दिनमा
धन्यवाद हजुरलाई, आगामी दिनमा पनि यसरि नै हजुर हरुको साथ् र माया पाई राखे भने अवश्य नै लेख्ने छु
बाबा-छोरी नै मझेरीमा ? बधाइ र
बाबा-छोरी नै मझेरीमा ? बधाइ र धन्यवाद छ ।
आशा छ लेखन खारिंदै जानेछ ।
हजुर को सबै रचना राम्रो छ
हजुर को सबै रचना राम्रो छ हजुर को साथ् र माया रह्यो भने हामी पनि साहित्य जगतमा अगि जना सहयोग मिल्नेछ म त केवल रचना कोर्न सुरुवात मात्र गरेको छु आशा छ आगामी दिनमा हजुर हरुको साथले लेख्दै जाने छु
धन्यवाद छ तपाइलाई
मा आभारी छु हजुर को जो हजुरले मलाई रचना लेख्न प्रेरित गरेको मा