फाल्गुन ४, २०६७०, भर्जिनिया
विजय थापा
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटन पुस्तकालयमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको विधिवत रुपमा उद्घाटन तथा बिबिध कोसेली प्रस्तुत सहित भव्यताको साथ सम्पन्न भएको छ ।
उक्त साहित्य प्रतिष्ठानको समुद्घाटनको साथै उक्त अवसरमा विद्युतीय संजाल एम्नेलिया डटकम (amnelia.org) को सार्बजनिकको साथै भर्खरै स्थापना भएको उक्त साहित्य प्रतिष्ठानको प्रथम कोसेली स्वरुप अनेलिया डिजिटल (आङ्किक) पत्रिकाको विमोचन समेत गरिएको छ ।
नेपाली दूताबासका उप-नियोगप्रमुख नारायण मैनालीले उद्घाटन गर्नुको साथै शुभकामना दिएका थिए । यसै गरी वरिस्ठ पत्रकार सोमनाथ घिमिरेले अनेलिया डिजिटल (आङ्किक) पत्रिकाको उद्घाटन गरी शुभकामना सहित दिएका थिए भने यसै गरी कार्यक्रममा पंडित राजेन्द्र खनालले बैदिक बिधिद्वारा उच्चारण सहित शुभकामना दिएका थिए ।
कार्यक्रममा शुभ कामना मन्तब्य दिने वक्ताहरूले डिसी क्षेत्रमा अत्यधिक संघ तथा संस्था भएकोले अब कुनै संस्था नखुलोस भनी विचार राख्दै शुभकामना दिएका थिए । नायक सरोज खनालले पनि उक्त अवसरमा कविता वाचन गर्न भ्याएका थिए भने डिसी महानगर क्षेत्रमा रहेका बिभिन्न कवि तथा कवियत्रीहरूले कविता वाचन गरेका थिए । कवि प्रकाश नेपालले गत हप्ता हत्या गरिएकी नेपाली चेली समानता श्रेष्ठलाई समर्पित गर्दै कविता वाचन गरेका थिए
डिसी क्षेत्रमा रहेको फ्युजन ब्याण्ड (संगीत मण्डली) का कलाकारहरू आनन्दु लामा, विश्व राज थापा तथा अंकुश नेपालद्वारा प्रस्तुत गरिएको बासुरी धूनले दर्शक मन्त्र मुग्ध भएका थिए भने कार्यक्रम संचालन संचारकर्मी बिष्णु शितलले गरेका थिए ।
