जसो तसो बाँचेको छु खबर अब नसोध है
भित्री मनै मरी सक्यो रहर अब नसोध है
बादलु झैं घेरेकाछन् बाध्यताले चारैतिर
पीडा दिन्छन् छाती भरि असर अब नसोध है
कस्ले गर्छ दया माया डाँडा काटी दौडिनेलाई
अन्त्य भयो प्रतिभाको कदर अब नसोध है
कल्पनाको आकाशमा उडेकाछन् सबै यहाँ
मरेपछि मात्रै देख्ने सगर अब नसोध है
बरू खानु खोले फाँडो बस्नु सधैँ स्वदेशमा
स्वाभिमानै डग्मगाउने सफर अब नसोध है
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
