Skip to content

गरिबको आफ्नो बिहानी


गरिबको आफ्नो बिहानी छैन
फेरिन्छ ऋतु कहानी छैन

चढाउँछौं रगत माटोको लागि
खुशीको एकपल जिन्दगानी छैन

उनैको हुकुम उनैको जुलुम
लुछिन्छन सधै जवानी छैन

फाँसीमा चढ्ने योद्धाको यहाँ
मसिको डोवमा निसानी छैन

गरिवको आफ्नो बिहानी छैन
फेरिन्छ ऋतु कहानी छैन

राजु स्याङतान
महोत्तरी, खयरमारा ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *