थाके पनि काट्नै पर्ने


थाके पनि काट्नै पर्ने मोड अँझै बाँकी रैछ
दोष दिदै मुर्छा पार्यौ खोट अँझै बाँकी रैछ

रगतको भेल बग्दा शिर हुँदै पाउसम्म,
अस्तित्व नै छैन भन्थे खोल अँझै बाँकी रैछ

गणतन्त्र ल्यायौं सोच्थें कुशासन मास्नलाई,
न्याय माग्दा घुस खोज्ने चोर अँझै बाँकी रैछ

एक जुनी बाँच्न पनि दौड धुप कति-कति,
मर्छु भनी बिष पिएँ होस अँझै बाँकी रैछ

जिन्दगीको सबै”खुशी”लुटियो जस्तो लाग्थ्यो,
माया गरी बोलाउने ओठ अँझै बाँकी रैछ

कल्पना राई “खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “थाके पनि काट्नै पर्ने”

  1. pratikriya,
    … Sabda samyojan ta ati nai ramro xa… Bt yaslaai Gazal Bhanna milxa ra? Kafiya nabhaeko le gazal ko dayara ma auxa jasto lagena.. Thank you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *