Skip to content

धेरैमा पो भेट भो साथी


धेरैमा पो भेट भो साथी जाउँ आज भट्टी पसौं
फुर्सद छ कि छैन ? राति जाउँ आज भट्टी पसौं

सुख्खा भाको गला मेरो हल्का हल्का भिजाउन
पाइन्छ कि ? तीन पानी जाउँ आज भट्टी पसौं

सक्दिन म छाड्न रक्सी नशा ममा बसिसक्यो
सहन्छु म बरु गाली जाउँ आज भट्टी पसौं

आ होस है जे जे पर्छ परेको म बेहरूलाँ
आफै बोक्सी आफै धामी जाउँ आज भट्टी पसौं

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *