आमा बाबा साथी-संगीसँग नाता तोड्नु रैछ
नचाहेरै एक दिन यो दुनिया छोड्नु रैछ
माया मोह आधार हो बाँच्नलाई धर्ती माथि
सुख लुट्ने धेरै हुन्छ दु:ख खेप्ने आफ्नै छाती
कौडी पनि हुन्न आफ्नो शृष्टि ब्यर्थै गोड्नु रैछ
नचाहेरै एक दिन यो दुनियाँ छोड्नु रैछ
मरी हत्ते गर्ने पनि काहाँ मर्छ आफू मर्दा ?
काँडा कै’ले झर्या छ र ? वैलियेलर फूल झर्दा
मुगा मोती अंश लाग्छ कात्रो एक्लै ओढ्नु रैछ
नचाहेरै एक दिन यो दुनियाँ छोड्नु रैछ ।
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल:-दक्षिण कोरिया
