राज्यको कानुन् पास भइसक्यो शोषण रहित
मैलिक हक मोहियानी हक सुरक्षित सहित
यो यस्तो कानुन् पास भए पनि कुकर्म छाड्दैनन्
कानुन हनन् गरेर पैले मुद्दामा लड्दछन्
बिजयी हुन्छन अन्याय गरी होइन भनेर
ती अन्धा न्यायी छाड्दछन् तिन्लाई कुरा सब् सुनेर
शिक्षित हुन्छन् प्रत्येक तिनी कुकार्य गर्नमा
डर्दैनन् कैले असत्य बोल्न कुकार्य गर्नमा
बिफल हुन्छन् जहिले पनि शोषित वर्ग चाहिं
चिन्हारी ब्यक्ति हुदैनन् तिन्का त्यो काम गर्नलाई
शोषित वर्ग शोषिइरहन्छन् युगौँ युग सम्म लौ
यो समस्याको उपाय खोजी सुनाउनु सब्ले हौ
स्व कर्णबहादुर माझी