Skip to content

editor

सुकेशनि (लघुकथा)

  • by

मंदिर में भगवान कऽ प्रतिमा के आगु ठाड सुकेशनि के आँखि सँ नोर झर–झर खसई छल । तीन मास पहिले के बात सब स्मरण होमय लागल ।

Read More »सुकेशनि (लघुकथा)

अबको मेरो धर्म

  • by

म शिकारको खोजीमा चारचौरास भौतारिरहेको थिएँ । त्यत्तिकैमा मेरा आँखासामु एक गर्भिणी मृग देखापर्यो । ऊ बच्चा जन्माउन ठिक्क तयार अवस्थामा थियो । बच्चाको दश प्रतिशत अङ्ग बाहिर देखापरिरहेको थियो ।

Read More »अबको मेरो धर्म

केहेन उजाड (गजल)

  • by
NandaLalAcharya-09

केहेन उजाड जँका सुनसान देखैछी
मात्र पत्थरे छै कहाँ भगवान् देखैछी ?

नाम जपिक खाइबला भेलै बुद्धिमान्
भ्रष्ट पदलोलुप मात्रे महान् देखैछी ।

Read More »केहेन उजाड (गजल)

धनमाया र मनमाया

  • by
BirBahadurThakuri

धनमायाले धनको कुरा मात्र गर्दिनन्,
मनको कुरा पनि गर्छिन्,
मनको पीडाहरू सुनाउँछिन्,
खुशी भएको बेला
लजाउने र काउकुती लाउने कुरा गर्छिन्,
कहिलेकाहीँ मेलापातको कुरा पनि गर्छिन् ।

Read More »धनमाया र मनमाया

मोन मोर हरियाल अछि

  • by
SudhaMishra

बागबोन हरिएर गाछ वृक्ष हरिएर
माटिक हरियरी सँ नभ भेल हरिएर
हरिएर नुवामे मोन मोर हरियाल अछि
हरिएर पिएर चुरिक खनक कमाल अछि

Read More »मोन मोर हरियाल अछि

तीन मुक्तक (जब तिमी बोल्छौ)

  • by
GarimaAcharya

जब तिमी बोल्छौ त्यसको घाउ वाणभन्दा दर्दनाक लाग्छ
तिम्रो कपट नीति अन्न खाने कीराझैँ खतरनाक लाग्छ ।
कथनी र करणी बेग्लै तिम्रो छेपारे रङ देख्दा मलाई त
थुकेको थुक चाट्नु परेझैँ जीवनभरकै बढता सर्मनाक लाग्छ ।

Read More »तीन मुक्तक (जब तिमी बोल्छौ)

मानस तीर्थको महत्व

  • by
DivyaDeepDahal

एक पटक अग्स्त्यमुनिले लोपामुद्रासँग भन्नुभयो, “निष्पापे! म त्यो मानसतीर्थको वर्णन गर्दछु, जुन तीर्थमा स्नान गरेर मनुष्य परम गति प्राप्त गर्दछ, त्यसलाई सुन ।”

Read More »मानस तीर्थको महत्व

संयोग थियो तिम्रो गाउँ पुग्नु

  • by

संयोग थियो तिम्रो गाउँ पुग्नु र तिमीलाई भेटनु
आँखाको इसारामा तिमीसँग मुटु साटनु

Read More »संयोग थियो तिम्रो गाउँ पुग्नु

नयाँ खेती

  • by
20200416_PeshalAcharya-Interview

गोविन्दे कोठामा धुम्धुम्ती बसेको छ । खासमा नागरिकताको उसको नाम गोविन्द कटुवाल हो । धेरैअघि एसएलसीसम्म मात्रै पढेको । उहिल्यैको पढाइ । न जागिर खायो । न कुनै गतिलो काम नै गर्यो । जवानीमा रल्लिँदै हिँड्यो । अहिले बेबहारले थिचेर उमेर नहुँदै बूढो देखिएको छ ।

Read More »नयाँ खेती

विनेसामले मनायो भानु जयन्ती

  • by

विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) नेपाल शाखाको आयोजनामा असार २८, २०७८मा आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्ती मनाइयो । कार्यक्रममा जुम मार्फत सिर्जना र भानु विमर्श कार्यकम नेपाल भित्र र देश बाहिरका साहित्यकारहरुबाट विभिन्न रचना वाचन गर्नुका साथै भानुभक्तको बारेमा धारणा पस्तुत गरिएको थियो ।

Read More »विनेसामले मनायो भानु जयन्ती

यही दुष्ट बाउले हो

  • by
NandaLalAcharya-09

पारिवारिक गाँठाहरू फुकाउन मोबाइलमा ब्यस्त थिएँ । त्यसैबेला सुनेको वाक्यले अधकल्चो मनलाई अरू मरणासन्न पारेको छ ।

Read More »यही दुष्ट बाउले हो

सबैलाई हातमा राख्नु पर्छ

  • by
BirBahadurThakuri

मीठो, मीठो खाँदाखाँदै
कहिलेकाहीँ तितो पनि चाख्नु पर्छ,
सजिलो बाटो हिँडदा हिँडदै
घात, संघात पनि तर्नु पर्छ ।

Read More »सबैलाई हातमा राख्नु पर्छ

कुरा ‘पुण्य कार्कीको कथाकारिता’ कृतिको

LaxmiRijal

नेपाली र मैथिली साहित्यमा नाटक, एकाङ्की, आख्यान, निबन्ध, कविता र समालोचना फाँटमा उदाउँदै गरेका उदयपुरे प्रतिभाको नाम हो– नन्दलाल आचार्य ।

Read More »कुरा ‘पुण्य कार्कीको कथाकारिता’ कृतिको