Skip to content

सबैलाई हातमा राख्नु पर्छ

  • by
BirBahadurThakuri

मीठो, मीठो खाँदाखाँदै
कहिलेकाहीँ तितो पनि चाख्नु पर्छ,
सजिलो बाटो हिँडदा हिँडदै
घात, संघात पनि तर्नु पर्छ ।

सुख, शान्ति र
रोमान्टिक भएर जिउनु हो भने
सबैलाई हातमा राख्नु पर्छ

अवसर हेरेर
चापलुसी गर्न सिक्नु पर्छ,
बगमफुके गफ पनि हाँक्नु पर्छ,
कुराको बिट पनि मार्नु पर्छ,
जिन्दगी दुई दिनको रामछाँया न हो,
रोमान्टिक भएर जिउनु पर्छ
आफ्नो दिनचर्या
सरल र सुगम बनाउनु हो भने
सबैलाई हातमा राख्नु पर्छ ।

अमावश्यमा हराएको जुन
पूर्णिमामा चम्किलो भएर देखा पर्छ भने
साउनमा मिल्काएको काठ
माघमा काम लाग्छ भने
ढुँगा सम्झेर फालेको मान्छे
देउता भएर प्रकट हुन्छ भने
मान्छेलाई मान्छे जस्तो व्यवहार पर्छ,
धन हेरेर मात्र हुँदैन,
जन पनि हेर्नु पर्छ.
सबैसँग सहयोगको हात बढाउनु पर्छ
उधृएको प्रेमलाई
सिउने कोशिष गर्नु पर्छ,
बाँचुञ्जेल डाक्टरमा त्र होइन,
धामी र झाँक्री पनि देखाउनु पर्छ,
नेता, पुलिस र
अफिसका दलालहरू पनि चिन्नु पर्छ,
काम बनाउनुको लागि
शत्रुको पाऊ पनि मोल्नु पर्छ
नचिनेकोलाई चिनाजानी पनि गर्नु पर्छ,
जिउँदामा जन्ती पनि राख्नु पर्छ,
मर्दामा मलामी पनि राख्नु पर्छ,
मान्छेलाई मान्छे नै चाहिन्छ,
त्यसैले
सबैलाई हातमा राख्नु पर्छ ।

मेडिकल मोड, सिलगढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *