Skip to content

भिखारीको हाल भएपछि

  • by
LaxmiPokharel-03


पोल्दैन घामले गोधुलिमा लाल भएपछि
थेग्दैन मायाँले भिखारीको हाल भएपछि

डुब्दैछ जिन्दगी तर्नलाई कुनै डुंगा छैन
मुटुमा नसुक्ने बेदनाको ताल भएपछि

बिर्सियो निदले परेलीमा बास बस्न फेरि
आँखामा आँसुको सागर झैं छाल भएपछि

घाइते भएर छट्पटिँदै बाँच्नु पर्दो रैछ
गोलीले ढलेको हरिणको चाल भएपछि

अँधेरी रातको वर्षात झैं भयो जिन्दगानी
भाग्यको पानामा नियतिको जाल भएपछि

रचना : लक्ष्मी पोखरेल
काठमाण्डौ, कपन

Leave a Reply

Your email address will not be published. Required fields are marked *