Skip to content

दीप्स शाहको लेख पढेपछि ः संस्मरणात्मक लेखले दिन खोजेका केही सकारात्मक सन्देशहरू


आज धेरै दिन पछि मैले अनलाइनमा नजर पुर्याएँ । त्यसो त म दिनहुँ नै अनलाइनमा बस्ने गर्छु । तर समयको अभावमा आफूलाई ट्याग गरिएका रचनामा पनि टिप्पणी उठाउन भ्याइरहेको थिइँन । त्यस्का आ- आफ्नै कारण छन । खयर छाडौ ती कारणहरू के के हुन भन्ने बारेमा ।

फेसबुक अन गर्ने बित्तिकै मेरो नजर फेसबुकको वालमा पर्छ । प्रायः म धेरैका हेडिङ् मात्र हेर्न भ्याउँछु । सरसर हेडिङ् हेर्छु र अघि वढ्ने गर्छु । यो मेरो वाध्यता पनि हो । पछिल्लो समयमा यति धेरै रचनाहरू ट्याग गरिएका हुन्छन कि ती सबैलाई म टिप्पणी उठाउन नै नसक्ने अवस्थामा पुगेको छु । त्यसैले मैले सबैको हेडिङ् मात्र हेरेर अघि वढ्नु परेको हो ।

रचनाको महत्व आफैमा ठूलो छदै छ नै । त्यसको महत्व कम छ भन्ने मेरो आसय होइन पनि । तर म रचनाका साथसाथै उनीहरूका बिचार वा लेखलाई पनि अलि महत्व दिने गर्छु । राम्रो बिचार दिन सक्ने खुबी भएकाले मात्र राम्रो सिर्जना दिन सक्छ भन्ने मेरो बुझाई हो । मेरो यो बुझाई गलत पनि हुन सक्छ । तर नकारात्मक बिचार भएको मानिसले राम्रो सिर्जना दिन सक्छ भन्ने कुरामा मेरो बिश्वास छैन । म त्यो मान्न तयार पनि छुइन । त्यसो त नकारात्मक बिचारबाट ग्रसित मनले के राम्रो सिर्जना देला र भन्ने यो सवाल मेरो मात्र होइन । यो सवाल मेरा थुप्रै अग्रजहरूबाट पनि आउने गरेको मैले पाएको छु । तसर्थ यो बिचार वा सवाल तमाम साहित्यप्रेमीको हो भन्ने ठान्दछु । तसर्थ मैले रचनाका साथसाथै बिचारलाई पनि अलि बढी महत्व दिएको हुँ ।

उनको उक्त संस्मरणात्मक लेख पढेपछि मनमा उव्जिएका केही बिचारहरूलाई यहा प्रस्तुत गर्ने जमर्को गरेको छु ।

यो संस्मरणात्मक लेख पढेपछि उनमा अर्थात दीप्स शाहमा राम्रो लेख लेख्न सक्ने वा गतिलो बिषयवस्तुको उठान गर्न सक्ने खुबी रहेछ । यिनी शब्दसँग राम्ररी खेल्न जान्दिरहिछिन भन्ने लाग्छ । लेख ज्यादै समय सान्दर्भिक रहेछ । त्यसैले घतलाग्दो बन्न पुगेको हो । यो आलेख उनको वास्तविक जीवनमा आधारित भए पनि यसले आधा हिस्सा ओगटेका नेपाली नारीको प्रतिनिधित्व गरेको छ भन्ने लाग्छ मलाई । जीवन ज्यादै संघर्षशील छ त्यो कठीन पनि छ । जुन जीवन दीप्सले पनि भोगेकी छिन । अर्थात उनको यो आलेख पढेपछि यही दुःख र सुखको एउटा रुप नै – दीप्स हो भन्दा पनि अत्युक्ती नहोला जस्तो लागिरहेको छ ।

समाजमा आफूलाई ठूलाबढा भनाउने वा भद्रभलाद्मी ठान्ने तर व्यबहार भने नीचता वा तल्लो स्तरको गर्नेको वाहुल्यता रहेको छ । यो तितो यथार्थ हो यहा कस्ले के खान्छ । के लाउछ भन्ने अनावस्यक कुरामा चासो राख्नेको भिडभाड छ । अरुको अनावस्यक चियोचर्चो गर्ने समाज प्रति उनी ज्यादै आक्रोशित देखिन्छिन । यो आक्रोश सान्दर्भिक छ । यो आक्रोश आक्रोश मात्र होइन यदि आवस्यक परेको बेलामा आक्रोशलाई ज्वालमा पनि वदल्न सक्नु पर्छ । समाजका ती भलाद्मी भनाउँदाले अर्थात आफूलाई समाजका ठेकेदार ठान्नेले यदि यो आक्रोसलाई बुझनेनन भने यो आक्रोसमा मात्र सिमित नभएर अवस्य पनि एक दिन ज्वाला भएर दन्कनेछ भन्ने आसाय पनि हो यस लेखको । वा लेखिका- दीप्स शाहको ।

उनको बुझाई यो पनि हो कि -राम्रो काम गर्नेको खुट्टो तान्ने धेरै हुन्छन । आजको मान्छे कामले भन्दा पनि गफले वाँचेको छ । काम कम कुरा बढी हुन्छ कुरा कम काम बढी होइन । हुनु पर्ने काम बढी कुरा कम थियो । त्यस्तो मानिस ऊ अरुलाई कसरी पछारौ र आफू अघि बढौ भन्ने दाउमा हुन्छ । ऊ सस्तो लोकप्रियातामै रमाउँछ । हल्ला फुल्का कुरालाई नै ऊ सबैथोक ठान्दछ । अर्थात ऊ त्यस्तै हल्का फुल्का कामकै आधारमा आफूलाई सर्वश्रेष्ठ ठान्न पनि पछि पर्दैन । ऊ हठात घोषणा गर्छ र भन्छ -म नै त्यो महान मानिस हुँ । महान लखक हुँ । महान दार्शनिक हुँ । जस्ले आजसम्म मैले जस्तो केही देखॆकै छैन । मैल जस्तो अरुले लेखेकै छैन ।’

उनले भन्न खोजेको अर्कोखाले समाज पनि छ । जहाँ मानिस दिनहुँ चिया पसलमा जान्छ भकानभका गफ छाँट्छ । घरमा छकि छैन । श्रीमती के गरिन । छोराछोरीले खाए के खाएनन । ऊ केही कुराको पनि हेक्का राख्दैन । ऊ वेमतलवी वन्छ । भट्टीमा पसेर साँझ अवेर फर्कन्छ । उल्टै साँझमा दिनभरिको कामबाट थकित श्रीमतीलाई अनेकन लान्छना लगाउन पुग्छ । सके आफ्नो पौरुषत्व दर्शाउन कुटपिट गर्न समेत पछि पर्दैन । श्रीमतीले अनेकन बुहर्तन खेप्नु पर्छ । यही हो अधिकांस नेपाली महिलाले आज सम्म भोग्नु परेको नियति ।

अझ महिलाले काम गर्ने वा त्यसमा पनि महिलाले बिदेश गएर कमाउने कार्यलाई यो समाजले ठूलो अपराध नै ठान्दछ । महिलाले घरको वल्याँसी काटेर वाहिर जानु हुँदैन भन्ने उक्ति अझैँ पनि अघोषित रुपमा बिध्यमान नै छ भन्दा पनि अत्युक्ति नहोला । महिलाले कसैसँग वोल्नु हुँदैन । अगाडि वढ्नु हुँदैन । यदि केही काम बिशेषले वोल्यो भने पनि पोथी वासेको संज्ञा दिइन्छ । वा वोलेकै भरमा उसैसंगको वात लाउने यो चलन अझै पनि हट्न सकेको छैन । लेखको आसाय हो -यस्तो बिचार सदा सदाका लागि हट्नु पर्छ ।

उनले उल्लेख गर्न खोजेको अर्को कुरा के हो भने आफूलाई स्वघोषित रुपमा सर्वमान्य ठान्नेहरू यो समाजमा व्याप्त छन । तिनीहरूका रुप अनेक छन ।

सोझै भन्ने हो भने उनको यो लेख पछिल्लो समयमा फेसबुकका भित्तामा देखिएका अस्वस्थ प्रतिस्पर्धा वा अनावस्यक टिक्का टिप्पणी गालीगलौज युक्त बिचारहरू प्रति पनि लक्षित देखिन्छ । हुन पनि पछिल्लो समयमा स्वच्छ बिचार भन्दा पनि नकारात्मक बिचारले नै बढी मात्रामा प्रश्रय पाउने गरेका छन । प्रबिधीले दिएको यो उपहारलाई गलत रुपमा प्रयोग गर्नेको भिडभाड देखिन्छ । यसतर्फ सचेत गराउनु पनि यो आलेखको आसय हुन सक्छ । यसथर्फ सोच्नु नितान्त जरुरी देखिएको छ ।

सर्जकले आफ्नो सिर्जना प्रति गर्व गर्नु त कमजोरी होइन तर अहंकार गर्ने कार्य सही होइन । अहंकारले सर्जकलाई सफलता तर्फ होइन यसले त उसलाई पतन तर्फ डोहोर्याउछ । सिर्जना नितान्त व्यक्तिगत भए पनि प्रकाशित भए पछि त्यो सार्वजनिक सम्पतिमा परिणत हुन पुग्छ । त्यसमा लेखकको भन्दा पनि तमाम पाठकको हक बढी लाग्छ । मनपराउने या मन नपराउने त्यो पाठककै अधिकारको कुरो हो । कसैले आलोचना गर्यो भन्दैमा वा आफ्नो रचना मन पराइदिएन भन्दैमा वा आफ्नो बिचारलाई सहमत गरेन भन्दैमा अहंकार प्रस्तुत गर्नु आफैमा निन्दनीय कार्य हो । यो एउटा सफल लेखकमा हुने गुण हुँदै होइन । बिचारमा सोच्छ प्रतिश्पर्धा हुनु पर्छ भन्ने यस लेखको आसय रहेको छ । यो आसयलाई सबैले स्वीकार गर्नै पर्छ ।

समाज भनेको अमूर्त वस्तु रहेछ । यही अमुर्त वस्तुको पहिचान र खोजीमै एउटा जीवन समाप्त हुँदो रहेछ । हुन त यो अमुर्तताको खाजि वा पहिचानमा एउटा मात्र होइन यहा सयो वा हजारौ जीवन पनि बिलय हुन सक्छन । र भएका छन पनि । वास्तवमै जीवनको अर्थ पनि त यही लुकेको रहेछ ।

हिँजो आफू मन्मिएर वीस पच्चीस साल सम्म आफ्नो ठानेको आँगनलाई छोडेर पराईको आँगनलाई आफ्नो र त्यही अपरिचित समाजलाई आफ्नो समाज माननु पर्ने वाध्यता छ । जसोतसो दुःख गरेर आफ्नो बनाएको वा आफ्नो ठानिएको पछिल्लो समाज वा आँगन पनि बिबिध कारणले छाड्नु पर्ने हुन्छ । त्यो कारण गरिवी होस वा अन्य कुनै होस । एउटा जन्मका आधारले सिर्जिएको एउटा समाज अनि फेरि बिवाहका कारणले निर्मित अर्को समाज । त्यस्तै एक पछि अर्को गर्दै बिबिध प्रयोजनका लागि आफ्ना बनाइएका समाजहरू छन । त्यस्तै दुई छाकका लागि सबैथोक छाडेर परदेशिएर त्यहा बनाइएको अर्को नौलौ एव्म मिश्रित वा घुलित समाज छ । यी समाजका प्रकार वा नमुनाहरू म्ात्र हुन । यी सबै समाजमा महिलाले भोग्नु परेको बुहर्तनहरू फरक फरक छन । यी आदि आदि नै यस लेखका मूख्य बिषय वस्तु हुन ।

आज हामीले गर्व गर्नु पर्ने बेला आएको छ । महिला भनेर सँधै हेय वा कमजोर रुपमा मात्र हेरिएका महिला दिदी बहिनीले आफ्नो जिम्वेवारी सफल रुपमा पुरा गरेका छन । उनीहरू घर परिवार मात्र नभएर सारा समाजलाई वदल्ने अभियानमा लाग्न सक्छन र लागेका पनि छन । र सफल भएका छन पनि । दीप्स त एउटी प्रतिनिधि पात्र मात्र हुन । यहा अरु पनि थुप्रै दीप्सहरू छन जस्ले आफ्नो भूमिकालाई राम्ररी बुझेका छन । र आफू माथि आइपर्ने सबैखाले कामलाई पनि पत्ते गर्न सकेका छन ।

दीप्स जस्ती कर्मशील जीवन साथी पाउने राजा आज भेरै भाग्यमानी मद्येमा पर्छन । उनको अथक माया बिश्वासले मात्र दीप्सले दीप्स भएर चिनिन सफ भएका हुन । अन्यथा आज नेपाली समाजमा त्यस्ता थुप्रै दीप्सहरू छन जस्ले अझै पनि वल्यासी काट्न पाएका छैनन । महिला भएकै कारणले दोश्रो दर्जाको जीवन जिउन वाध्य छन । साथै हामी पनि कम भाग्यमानी भने छैनो दीप्स जस्ता चेली पाएकोमा । आसा छ यो चेतनाले सयौ दीप्सको जन्म होस ।

तर दीप्सको यस लेखमा वारम्बार रुपमा एउटा शब्दलाई दोहोर्याएकी छिन । अर्था सोझो वा सतही अर्थमा प्रयोग गरेकी छिन जुन सान्दर्भिक देखिदैन । त्यो शब्द हो – भलाद्मी । समाजमा सबै मानिसहरू एकै खाले हुँदैनन । अझ भन्दा समाज यी र यस्ता सबैखाले व्यक्तीहरूको समागम नै हो भन्ने बुझ्नु पर्छ । यही समाज केही राम्रा मानिस पनि छन । जस्ले महिलालाई देवी मान्छन । साथी मान्छन । असल जीवन साथी ठान्छन । छोरी मान्छन । नातिनी मान्छन । तसर्थ सबैलाई एउटै तराजुमा लगाउन मिल्दैन भन्ने मेरो आसय हो । यो उन्को कमजोर पक्ष पनि हो यो । कुनै पनि लेखले बिधागत पहिचान पाउन त्यस्ले साहित्यले अपनाउने न्युनतम मान्यतालाई पछ्याएकै हुनु पर्छ । व्याकरणिक परिधिलाई पनि भुल्नु हुँदैन । केही कमी कमजारीहरू छन जुन उनले सुधार्नु पर्ने देखिन्छ ।

अन्त्यमा एउटा ओजिलो आलेखका लागि लेखिका दीप्स शाहलाई हार्दिक हार्दिक बधाई । धन्यवाद ।

1 thought on “दीप्स शाहको लेख पढेपछि ः संस्मरणात्मक लेखले दिन खोजेका केही सकारात्मक सन्देशहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *