Skip to content


सडकमै सुत्छ बिहान सबेरै सडकपेटीबाट उठ्छ ऊ
कोही नआउँदै टिपाटिप फोहर बटुल्न जुट्छ ऊ
खाल्टाहरूमा जमेको पानी पिउँछ मुख पनी धुन्छ
किन नि त्यही पानी स्वच्छ होला भन्ने बुज्छ ऊ

नयाँ नानाको रहर छैन न त छ रहर खानाको
गनाउने मोजा र भेटिएको प्लास्टिक चुस्छ ऊ
यहाँ सबैका अधिकार छन्, युनियन छन्
विचरा उस्को त परिवारै छैन तेसैले चुप छ ऊ

थर र ठेगाना त छैन छैन नामै पनी थाहा छैन
खाते, पाते, भाते, आफ्नो नाम यस्तै सुन्छ ऊ
कत्रो ठुलो काम गर्छ उ, सडक सारा सफा गर्ने
सबैको नजरमा पशु हो, मान्छे कहिले हुन्छ ऊ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *