Skip to content

शोकमग्न यात्रा

  • by


केही समयभित्रै बनेपा पुग्छौ र सबै एकै ठाउमा भेला हुन्छौ । म घडी हेर्छु साढे बाह्र बजेको हुन्छ । छवटा मोटरसाइकल एकैचोटि हुइकिन्छन् । हामीमध्ये कोही अगाडि-पछाडि पर्छौ । अब कुनै डर थिएन । कोही छुट्टहिल्ला कि भन्ने पीर पनि छैन । बाइक प्रतियोगिताजस्तै हुन्छ । यसमा पनि आफ्नै मज्जा छ ।

आइ.टि. पार्कको बिल्डिङ्ग एक्लै ठिङ्ग उभिएको छ । यसको सपना साकार हुन सकेको छैन । सूचना प्रविधिले आज संसार ग्लोबल भिलेजमा परिणत भइसकेको छ । यसलाई अझै किन उपयोगमा नल्याएको होला । दुःख र चिन्ता एकैचोटि हृवात्त बढ्छ । त्यसको योगदान र महìवलाई बुझ्छौा हामी तर सम्बन्धितले नबुझ्दा यो दुुर्दशा भइरहेको छ ।

पनौतीबाट खोपासी हुादै ढुंखर्कतिर बढ्छौा । यहाासम्म त बाटोले राम्रै साथ दियो । विस्तारै धुलाम्य बाटोले स्वागत गर्न थाल्दछ । कतै फेरि वगरजस्तो पनि छ । यसले सन्त्रास ल्याउाछ । बीचमा कतै मोटरसाइकल बिगि्रयो अथवा केही भयो भने गर्ने के ? यसबाट बच्ने उपाय खोज्दै जे पर्ला सो टर्ला भन्दै अगाडि बढ्छौा ।

चारैतिर पहाडले आˆनो उपस्थिति देखाउन थाल्छ । त्यसलाई अगाडि पछाडि पार्दै जान्छौा हामी । “साला, पहाड मे क्या है” कवि मीनबहादुर विष्टलाई सम्भिmन्छु म । अब पहाडमा सबथोक हुन र पाउन थालेको छ । वास्तवमा गाउापछिको देश पहाड हो । पहाडले जिल्ला र सिमाना पनि छुट्याएको छ । यसैबाट घेरिएको छ । पहाडको छातीबाटै झरना बगेको छ । आमाको दूधजस्तै ।

यौटा खोलासाग टुपलुक्क भेट हुन्छ । दायाा-बायाा त्यसको प्रभाव देख्छु । पुलले जोडेको छैन । पीडा सुसाइरहेछ अनवरत आसुजस्तै, कहिले नसकिने गरी ।

चलाल गणेशले एकछिन रोक्छ हामीलाई । प्रसादस्वरूप सुन्तला आउछ । सानो छ तर गुलियो छ, मनकामनाको जस्तै ।

“मैले सोचेको थिइन, यस्तोबाटो होला भनेर ।” राजुको निराशा प्रकट हुदै थियो । “यस्तो थाहा पाएको भए, म तयारी साथ आउने थिए ।”

विस्तारै उकालो बढ्दै आयो । बाइकले अब दुईजनालाई बोक्न गाह्रो मानेजस्तो गर्‍यो । पछाडि सिटमा बस्नेहरू ओर्लनुपर्ने देखियो । अझ राजु एक्लै थियो । तैपनि अगाडि बढ्न मानेको थिएन । उसलाई निकै सकस पर्‍यो क्यारे । तसर्थ, उमेशले बाइकलाई पछाडिबाट धकेलेर राजुलाई सजिलो पार्दै थियो । बेलाबेलामा यो क्रम दोहोरिदै थियो । ठेलागाडाको सम्झना भयो मलाई ।

दीप श्रेष्ठको लय गुञ्जन थाल्छ । म त्यसलाई लौरोजस्तो समातेर पाइला बढाउाछु । मनभित्रै आाट र साहस जन्मिन्छ । श्वास बढ्न थाल्छ । चारैतिर नियाल्छु मज्जाले । हावाले पनि साथ दिन्छ सुस्तरी ।

पहाडको उकालीलाई मैले
माया गरेजस्तो
सुनाखरी फुलिदिन्छ….

ढुङ्गाका सिढीजस्तो बाटो छ कतै । चिप्लिने डर हुन्छ । पनौतीदेखि यहा माथिसम्म गाडी चल्छ । वषर्ायाममा चल्दोरहेछ । कतै बाटो भासिएको देख्छु यतिबेला नै । तैपनि कसरी चलाइन्छ होला ? त्यो सोच्दा आङ सिरिङ हुन्छ । अहिले त गाह्रो छ । बाटोको छेउकुनामा धुवााले लक्ष्मण रेखा कोरेको देख्छु । त्यो कालो र लामो हुन्छ । त्यसको गति र उचाइ यसबाट मापन गरेको ठान्छु ।

ईशान कोणमा हिमाल टासेको देखिन्छ । नामसाग अवगत छैन । अलि धमिलो नेपाली चलचित्रजस्तै छ । नगरकोटबाट पनि देखिने आखिर त्यही रहेछ । पछि थाहा पाउाछु म । सबै पार्थलीमा पुगिसकेको हुन्छ । सबैभन्दा पछाडि पर्छु म । छोटो बाटो हिाड्ने लोभ पलाउछ । झन्डै आटेको पनि । धन्य, नसोधेको भए के हुन्छ, त्यो मलाई पनि थाहा छैन । निर्देशित दिशामा अगाडि बढे । विद्यालयको घण्टी बज्छ । भाइहरूको सामूहिक फोटो खिच्दै रहेछ विकास । सबै विद्यार्थी भाइबहिनीहरू विद्यालय पोशाकमा शोभायमान देखिन्छन् । विद्यालयको अवस्थाजस्तै परिस्थिति नाजुक छ । घन्टी बज्छ विद्यार्थीहरू नजिक आएर नियाल्छन् पर्यटकलाई जस्तै । शान्तिको लागि बालबालिका अभियान पनि चलेको हो एकताका विद्यालय नजिकै छ । त्यसैले, कोही खेल्न, हेर्न, खान झुम्मिएका छन् । शिक्षाको घाम न्यानो हुन्छ । अतः महेश योगी भन्छन्- “अध्यारोसाग नलड्नु, त्यो बत्ती बाल्नेबित्तिकै आफै हराउछ ।

शान्तिको फर्माइसमा चिया आउछ । स्टीलको गिलास तातेको छ । सेलाउनलाई पर्खिनैपर्छ । “त्यो त कमाण्डरजस्तो छ नि ?”

राजुले छविरमणको पोशाकलाई नियालेर मलाई सोध्यो । हुन त छविरमणको ज्यान पनि त्यस्तैखालको छ । पहिले देख्नेहरूलाई यस्तो अड्कल काट्नु कुनै कठिन छैन । धुलाम्य बाटोले फेरि दुःख दिन्छ । धूलो हाम्रो बुइ चढ्छन् र लुगालाई सिरकले जस्तै छोप्न खोज्छ । बाइकमा चढ्दा त त्यस्तो हविगत भयो । अझ हिडेको भए हाम्रो हालत कस्तो हुन्थ्यो होला । मनमा कताकता काउकुती लाग्छ । अघिभन्दा निकै रमाइलो दृश्य देखिन्छ अब । तरेली परेका खेतहरू मानौ, कलाकारको चित्रजस्तो लाग्छ । सपना जम्मै त्यसमा पोखिएको छ । त्यो हेराइबाट मनमा उत्रेको छ । प्रकृति स्वयंमा उत्कृष्ट कलाकार हो, ती सिर्जनाहरू खुल्ला ग्यालरीमार्फत अभिव्यक्त भएका हुन् । त्यसको आकर्षणले मलाई खुबै तान्यो । क्यामेरालेजस्तै त्यसलाई मनभरि उतार्न थाल्छु । त्यो गरा परेको सौन्दर्य कुनै चित्रजस्तै टागेको देखिन्छ ।

अघिभन्दा अहिले अलि सजिलो भएको छ । ओरालोले गर्दा यताउति हेर्न भ्याइएको छ । गेल्डुङ पुग्न त्यति समय लागेन । यतैबाट मोड्ने हो, पहिलेको मेरो अनुभवले ठम्यायो । यहाा पनि सानो खोला रहेछ । त्यही खोलाले पानीघट्ट चलाएको छ । बिजुली पुगिसकेको छ, तैपनि घट्टमा पिसेको अन्न मीठो हुन्छ भन्छन् । बाइक खोलामाथि तार्छौं, पहिलेभन्दा अहिले सजिलो भयो । हाम्रो गन्तव्य नजिकै छ यहाबाट ।

बाइक एक ठाउमा जम्मा हुन्छन् । सानो बाटोको सहाराले पुग्छौ । कवि रमेशप्रसाद सागरकी आमाको निधनको पाचौ दिन आज । पाचैजना दाजुभाइ क्रियाकर्ममा संलग्न हुनुहुन्छ । हामी सामूहिक समवेदना व्यक्त गछार्ंै । मान्छेको जिन्दगी दुई दिनको चोला नै त हो । जो आउछ, त्यो एकदिन जानैपर्छ । त्यसैले भन्छन् नि जन्मनु नै मर्नु हो ।

ठ्याक्क आगनमा बस्छौ । सबैका दृष्टि परपर पुग्छन् । चीसोले विस्तारै सताउाछ । मन पनि हिउजस्तै जमेको छ । त्यो घाममा पनि पग्लिन सकेको छैन भन । शोकलाई शक्तिमा बदल्नुपर्छ, अब रमेशले आफै । जन्म दिने आमाको माया छायााजस्तै अघिपछि लागिरहन्छ ।

हाम्रा आखा दक्षिणतिर पुग्छन् । त्यहाा बाक्लो र अग्लो जङ्गल छ । पहाडको टुप्पोबाट धुवाा उडिरहेको छ । कतै आगो लागेको हो कि भन्ने आशङ्का व्यक्त गर्न सकिन्छ तर हैन रहेछ । त्यहाा नारायणस्थान मन्दिर भएको जानकारी पाइन्छ । त्यो भक्तपुरका नेवारहरूको कुल देवतास्थान रहेछ । विशेष गरी फागु पूणिमामा मेला लाग्ने जानकारी पनि पाइयो ।

ढुंखर्क नाम रहनुको पनि यौटा रोचक किम्वदन्ती रहेछ । परापूर्वकालमा भक्तपुरका नेवारहरू मेला भर्न त्यहाा जाादै थिए । घना जङ्गलमा बाघ कराएजस्तो सुनिएछ । यसैमा कसैले “ढुंख-ढुंख” भनेर साउती गरेछ । -“ढुंख” को अर्थ नेवारीमा “बाघ हो” भनेका हुन् ।) त्यसैबाट पछि त्यस ठाउाको नाउा “ढुंखर्क” रहन पुगेको हो भन्ने जनश्रुति पाइन्छ । “नौसय ढुंखर्क बाह्र सय भ्यावर” भन्ने आहान पनि पहिले प्रचलित रहेछ । यसबारे रमेशका काका हामीलाई सुनाउनुहुन्छ । नारायणस्थान पारि मकवानपुर जिल्लाको सिमाना पर्दोरहेछ । माथि पुग्न लगभग तीनघण्टा लाग्ने रहेछ । ढुंखर्कको सांस्कृतिक पक्षबारे कवि रामप्रसाद ज्ञवालीले शोधपत्र तयार पार्नुभएको रहेछ । जुन यस ठाउाबारे थाहा पाउन सहायकसिद्ध हुन सक्दछ ।

फर्किने तयारीमा लाग्छौा । त्यो दुःखद घडीमा शोकमग्न यात्रीहरू थियौा हामी । मन फुकाएर कुरा गर्न पनि उचित लागेन । सामान्य औपचारिकता पूरा गरी फर्कियौा । मनभरि वेदना भरिएको छ । त्यो छताछुल्ल भई कतै बग्न खोज्दैछ । आासु गहबाट मैनबत्तीजस्तै तप… तप … चुहिन र जम्न मात्र बााकी छन् । आमाको मायाबिनाको सन्तान मरुभूमिको बिरुवाजस्तै हुन्छ । ‘पाइलाका नीबहरूले’ त्यो डोवलाई बिर्सन नसकेपछि कवि तीर्थ श्रेष्ठको भाव सम्झिन्छु ।

आमा हुनु
साह्रै असजिलो छ
पहाडजस्तो ।

राजुलाई मोज छ । उनीहरू एक्लैएक्लै बाइकमा सवार छन् । शान्तिको ज्यान पनि गजबको छ । कतै गणेश भगवान्ले मुसोमा चढेझैा लाग्छ । बाइकमा यथाक्रम बस्छन् सबै । अर्को साथीसाग बिनापरिचय पनि पछि परिचित हुन पुग्र्छांै । उमेश र होमशङ्करले एकै ठाउामा आसन जमाएका छन् । अलि पर पुगेपछि ढुङ्गा छापेकोले फेरि हिाड्न थाल्छौा । त्यो पनि बाइकको पछाडि सिटमा बस्नेहरू मात्र हुन्छन् । हिाड्नुको मज्जा बेग्लै आउाछ । अनन्त, रविन्द्र र मेरो ट्रेकिङ्ग सुरु हुन्छ । सााच्चि, त्यो हिडाइा बाइक चढ्नुभन्दा अतृप्त छ । अहिले आफैाबाट भए पनि उन्मुक्त भयौा ।

त्यो स्वतन्त्रता कति महान् छ, थुनिनुभन्दा उड्नुमा चराजस्तै । वास्तवमा अहिले त्यो आएको जस्तो लाग्यो । त्यसको उपभोग गरिराखेका छौा हामी । चारैतिर मीठो सन्नाटा फैलिएको छ । आाखाले भ्याउञ्जेल खिचेर हेर्न खोज्छौा ।

फेरि चलाल गणेशमा भेला भयौा । सुनको भाउमा रहेछ सुन्तला बनेपा चोकमा तर यहाा सस्तो र मीठो पनि पायौा । सुन्तलाले गुलियो साथ दियो । राजुको अत्तोपत्तो छैन साथै छविरमणको पनि । मनमा चीसो पस्छ । ओरालो बाटो छ । बाइक स्टार्ट नगरी डोर्‍याउादै आएको छ राजु । अब वित्यास पर्ने भयो कि भन्ने शङ्का लाग्छ । पछि बुझ्दा ढुङ्गाले लाग्दा पछाडिको ब्रेक बाङ्िगएको रहेछ । ब्रेक त्यति लागेन । त्यसलाई सोझ्याउन खोज्दा केही सीप लागेन । विस्तारै चलाउनुपर्ने भयो । होमशङ्करको वाहनको पनि पुग्नु अगावै ब्रेकको तार चुाडिएको थियो । राजुको यो नौलो र पहिलो यात्रा थियो । धन्य, त्यति मात्र भएछ । नत्र कस्तो सास्ती खप्नुपर्ने हुन्थ्यो । दोस्रो कणर्ाली पार गर्दै खोपासी आइपुग्छााै । कम्पोष्ट मल मगमगाउाछ तरकारीको स्वादजस्तै । त्यो काठमाडौामा फैलिन आतुरझैा लाग्दथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *