Skip to content

अब रोयल्टी संकलन युद्धस्तरमा

  • by


“धेरै माया दिँदा रै’छन् …।” ललिता कुँवरको गीत र अर्जुन नेपालीको संगीतमा स्वरूपराज आचार्यले गाएको यो एउटै गीत ८० हजारभन्दा माथिल्लो संख्यामा ‘डाउनलोड’ भइरहेछ । आनन्द अधिकारीका बास्ना एल्बमका सबै गीतहरू गन्ती गर्ने हो भने एक लाख नाघ्ने उनले हिसाब निकालेका छन् । ‘नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई’ अञ्जु पन्तले गाएको यस गीतलाई पनि ५० हजारभन्दा बढी नै ग्राहकले आफ्नो मोबाइलमा भरे । रामकृष्ण ढकाल, राजेशपायल राई, यम बराल, कुन्ती मोक्तानजस्ता आजका लोकपि्रय सबैका स्वरहरू नेपाल टेलिकमद्वारा वितरति मोबाइलमा बज्ने सीआरबीटी -कलर रङि् ब्याक टोन)मा यस्तै आँकडा निक्लिन्छन् । तर, यसबापत उनीहरूले आजसम्म कुनै आर्थिक लाभ पाएका छैनन् । जबकि टेलिकमले गीत डाउनलोड गरेबापत प्रत्येकपटक १२ रुपियाँ ३७ पैसा ग्राहकबाट असुल्छ ।
यो त प्रत्यक्ष रूपमा थाहा पाइपाई पनि हात लाग्न नसकेको आम्दानी हो । यसबाहेक देशभरकिा दुई सयभन्दा बढी विभिन्न एफएम स्टेसनहरू र टेलिभिजन च्यानलले वैधानिक रूपमा स्रष्टा-कलाकारहरूलाई दिनुपर्ने ‘रोयल्टी’ जमेर बसेको छ । अहिले कान्तिपुरबाहेक कुनै एफएमले यसका लागि चासो देखाएका छैनन् ।
यही पृष्ठभूमिमा केही महिनाअघि नेपाल सांगीतिक संघले एउटा अभियान चलाएको थियो, ‘मिडिया हामीलाई प्रसारण रोयल्टी देऊ !’ तर, मिडिया र संघबीच मतमतान्तर भएपछि त्यो क्रम त्यत्तिकै सेलायो । आरोप-प्रत्यारोपहरूको ओइरोमा रामकृष्ण ढकालका गीतहरू झन्डैझन्डै प्रतिबन्धित हुन पुगेका थिए । यसबाट ढकाल झस्के र अभियानबाटै बाहिरएि ।
यी समग्र प्रसंगहरूलाई हेर्दा नेपालमा रोयल्टी प्रणालीको कार्यान्वयन गर्नु फलामका चिउरा चपाउनु बराबर देखिन्छ । प्रयोगकर्ताहरू रोयल्टी नदिई आजसम्म गीत बजाइँदैछ, अब यो रोयल्टी किन दिने भन्ने मानसिकतामा छन् । तर पनि, संगीत रोयल्टी संकलन समाज, नेपाल -संरोसंसने) यसका लागि दत्तचित्तले लागिरहेको बताउँछन्, अध्यक्ष यादव खरेल ।
कहिलेदेखिचाहिँ स्रष्टा-कलाकारले रोयल्टी हात पार्न थाल्छन् त ? अध्यक्ष खरेलसँग पनि यसको ठ्याक्कै उत्तर छ त छैन तर पनि आगामी वैशाखदेखि रोयल्टी संकलन थालिने र अर्को आर्थिक वर्षको आखिरीमा वितरण गरनिे उनको अनुमान छ ।
“अहिले त हामी संकलन मात्र गर्छौं,” खरेल भन्छन्, “वाषिर्क साधारणसभाले मापदण्ड बनाएपछि त्यसै अनुरूप रोयल्टी वितरण थालिनेछ ।” तर, स्रष्टा-कलाकारहरू यस्तो रकम सकेसम्म चाँडै वितरण हुनुपर्ने विचार राख्छन् । “यसले राम्रो सन्देश पनि जाने र स्रष्टा-कलाकारहरूमा उत्साह थप्ने भएकाले रोयल्टी थोरै होस् तर चाँडै वितरण गर्नु राम्रो हुन्छ,” गीतकार कालीप्रसाद रजिाल भन्छन् ।
अहिले सबैको ध्यान संरोसंसनेमा केन्दि्रत भएको छ ।

तर, यस्तो रोयल्टी संकलन गर्न सोचेजस्तो सजिलो देखिँदैन । किनभने, यसका प्रसारकहरूले आजका मितिसम्म गीतहरू बजाएर गुन लाएको अनुभव गर्दै आएका थिए । कतिपय कलाकारहरू त गीत बजाउनका लागि सञ्चालकहरूका कार्यालय र निवासमा कोसेली नै बोकेर पनि पुग्न बाध्य थिए । यस अवस्थामा ती प्रसारकहरूसँग रोयल्टी माग गर्नु उनीहरूका लागि सानोतिनो भुइँचालो जानुसरह हुनसक्छ । “सम्पत्ति भनेको भौतिकलाई मात्र बुझेका अवस्थामा यो बौद्धिक सम्पत्ति हो, यसको प्रयोगबापत रोयल्टी दिनुपर्छ भन्दा उनीहरूलाई सहज नहुने कुरा त छ नै,” अध्यक्ष खरेल थप्छन्, “त्यसैले यी सबै कुराहरू बुझाएर रोयल्टी असुल गर्नु चुनौती छ ।”
“विषय जटिल र संवेदनशील छ,” नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका रजिस्ट्रार वीरबहादुर राई भन्छन्, “हामी माध्यम मात्र हौँ, त्यसैले यसका लागि स्रष्टाहरू नै सचेत र अग्रसर हुनुपर्छ ।” उनी पनि यसको सम्पूर्ण अभिभारा संरोसंसनेलाई दिइसकेकाले स्रष्टा-कलाकारहरूले संरोसंसनेसँगै सम्बन्ध र सम्पर्क राख्नुपर्ने विचार राख्छन् ।
रोयल्टी पाइन्छ भन्ने कुरा सुनेपछि अब गायक-गायिकाहरू पनि तातेका छन् । यसअघि संरोसंसनेले गीतकार र संगीतकारको मात्र रोयल्टी संकलन गरनिे जनाउ दिएको थियो । यो संस्था गीतकार र संगीतकारको मात्र प्रतिनिधित्व गर्ने भएकाले गायक-गायिकाहरूको रोयल्टी संकलन गर्न नमिल्ने बताइएको थियो । तर, कलाकारहरूले दुई साताअघि यसै प्रयोजनका लागि तदर्थ रूपमा ‘नेपाल गायन समाज’ नामक १७ सदस्यीय संस्था स्थापना गरसिकेपछि संरोसंसने यसको रोयल्टी पनि उठाइदिन सहमत भएको छ ।
तर, रोयल्टीको हलो अहिले पनि त्यही ठाउँमै अड्किएको छ, जहाँ पहिले थियो । अर्थात्, यसका लागि कुन प्रविधि, प्रणाली अपनाउनुपर्ने हो र कुन मापदण्डलाई आधार बनाइने हो, त्यसको अहिलेसम्म पनि टुंगो लाग्न सकेको छैन । नेपालभित्र संगीतका कतिथरी प्रयोगकर्ताहरू छन् ? तिनबाट कुन प्रक्रियामा रोयल्टी संकलन गर्ने भन्ने यावत् समस्याहरूले पनि अहिले तगारो नै तेस्र्याइरहेका छन् । त्यसमा पनि हिजोसम्म उल्टै पैसा मागूँलाजस्तो गर्ने प्रसारण माध्यमहरूसँग रोयल्टी माग्दा झस्किने प्रसंग छँदैछ । तर, काठमाडौँ उपत्यका एफएम प्रसार मञ्चका अध्यक्ष भरत शाक्य सकारात्मक विचार व्यक्त गर्छन् । “यसलाई सभ्यता र नैतिक दायित्वका रूपमा विकसित गरयिो र व्यवस्थित ढंगले सञ्चालन गरयिो भने यो राम्रो कुरा हो,” उनी भन्छन्, “यो कानुनी कुरो हो, पालन गर्ने पक्षमा हामी तयार छौँ ।” तर, एफएमसँग पैसा छ, जसरी पनि असुल गर्नुपर्छ भन्ने मानसिकतामा टेकेर बिनाप्रक्रिया रोयल्टी माग्न आउने व्यक्तिलाई चाहिँ यस्तो रोयल्टी दिन उनीहरूलाई मञ्जुर छैन ।
रोयल्टीलाई व्यावहारकि रूपमा लागू गर्ने कसरत सुरु भएपछि यसका सकारात्मक-नकारात्मक पक्षमा औँला ठड्याउनेहरू पनि प्रशस्त छन् ।

गीतकार कालीप्रसाद रजिाल यो विश्वव्यापी प्रचलन हो, त्यसैले रोयल्टी दिनैपर्छ भन्ने तर्क अघि सार्छन् । तर, लोकगायक कुमार बस्नेत ठाडै आशंका व्यक्त गर्छन् । भन्छन्, “देशकै वातावरण प्रतिकूल देखिरहेको अवस्थामा यो कुरा सम्भव होला भन्नेमा नै म विश्वस्त छैन ।” उनी त अझ एक कदम अघि लम्केर नेपाल गायन समाजकै अस्तित्वमाथि आशंका व्यक्त गर्छन्, “नेपालीहरूले संसारको जुनसुकै भागमा संस्था खोले पनि चिरा पार्छन्, त्यसैले म यस समाजको स्थायित्वप्रति पनि त्यति आश्वस्त हुन सकिरहेको छैन ।”
जति नै संस्था खोलिए पनि, जतिसुकै अभियानहरू चलाइए पनि जबसम्म मधौरुले माड खाँदैन, तबसम्म बिरामीलाई डाक्टरको ओखतीले मात्र काम गर्दैन । रोयल्टीको कथा पनि यस्तै हो । जबसम्म साँचो रूपमा वास्तविक स्रष्टाले यसप्रति चासो राख्दैन, तबसम्म यस्ता अनेकौँ संस्था खोलिए पनि अभियान अधुरो नै हुन्छ । यस्ता संस्थाहरू माध्यम मात्र हुन्, प्रत्यक्ष सरोकारवाला त गीतकार-संगीतकार नै हुन् । यसअघिको अनुभवले के बताउँछ भने स्रष्टालाई प्रतिलिपि अधिकार भन्ने पाठ घोकाउन साह्रै सकस छ । एक त उनीहरू चासो नै राख्दैनन् । चाँसो राखे पनि यसलाई साह्रै सतही रूपमा लिन्छन् र बुझ्न नै चाहँदैनन् । यो उनीहरूकै हक-अधिकारभित्र पर्ने बौद्धिक सम्पत्ति हो तर संरोसंसनेका अध्यक्ष यादव खरेलले भनेझैँ स्रष्टाहरू पनि यसलाई सम्पत्तिका रूपमा स्वीकार्नै तयार छैनन् । त्यसैले आज उनीहरूको नामसम्म काटेर गीत मात्र प्रसारण गरँिदा पनि उनीहरू आफ्नो नैतिक अधिकारमाथि छुरा चलाएको अनुभव गर्दैनन् । यही भएर होला, रजिस्ट्रार वीरबहादुर राईले भनेको, “स्रष्टाले आफ्नो समस्या नऔँल्याएसम्म र आफ्नो अधिकारप्रति सचेत नभएसम्म हाम्रो प्रयासले मात्र रोयल्टीको समस्या सुल्भिmन सक्तैन ।”
गायक रामकृष्ण ढकाल गीत र प्रसारण माध्यम एकअर्काका पूरक भएकाले यसको समाधान पनि हुने विचार व्यक्त गर्छन् । “तर ढिला हुनु हुँदैन,” उनी भन्छन्, “यो कुरा धेरै ढिला भइसक्यो, यसलाई युुद्धस्तरमा अघि बढाएर अविलम्ब रोयल्टी वितरण प्रक्रिया थालनी नगरनिे हो भने स्रष्टा-कलाकारहको धैर्यको बाँध फुटेर आक्रोशको बाढी उर्लिने छ । त्यसले क-कसलाई बगाएर लैजान्छ, केही ठेगान छैन ।”
कसरी उठाउने रोयल्टी भन्ने द्विविधा भइरहेको अवस्थामा प्रतिलिपि अधिकार संरक्षण समाज, नेपाल -प्रसंसने)का महासचिव सन्तोष शर्माले बाटो देखाइरहेका छन् । यस क्षेत्रमा रहेको लामो अनुभवका आधारमा उनी भन्छन्, “विश्वभर िनै यो प्रचलन वर्षौंदेखि स्थापित हुँदै आएकाले हामीकहाँ पनि यो काम गर्न त्यति कठिनाइ छैन ।” उनका अनुसार, रोयल्टी लागू हुने क्षेत्र रेडियो, टीभीजस्ता प्रसारण माध्यम मात्र होइनन् ।

होटल, रेस्टुराँ, बस, हवाईजहाज, इन्टरनेट, सार्वजनिक प्रस्तुति आदि जुनसुकै ठाउँ -हेर्नुस्, बक्स)मा पनि यो लागू हुन्छ । गायक-गायिकाले मञ्चमा गीत गाउँदाका अवस्थामा बिक्री भएका टिकटबाट यस्तो रकम असुल गरन्िछ । गायक-गायिकाले चाहिँ गाएबापत पहिले नै आयोजकबाट यस्तो रकम लिने हुँदा टिकटबाट उठाइएको रोयल्टी भने गीतकार-संगीतकारलाई मात्र बाँडिन्छ ।
के रोयल्टीबाट एउटा स्रष्टाको वृत्ति चल्न सक्छ ? गीतकार कालीप्रसाद रजिाल भन्छन्, “यो सुरुवाती चरण हो, हाम्रै पुस्तामा त यो सीमित रहला तर यसको उचित व्यवस्थापन हुनसके आगामी पुस्ता यसैबाट बाँच्न सक्ने सम्भावना छ ।”

के छ रोयल्टीको प्रचलन ?
प्रतिलिपि अधिकारसम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र प्रचलनहरूको गहिरो अध्ययन गरेका सन्तोष शर्माका विचारमा कलाकार आफैँले संगीत प्रयोगकर्ताकहाँ पुगेर रोयल्टी संकलन गर्न नसक्ने भएकाले विश्वभर संकलन समाजहरूको गठन भएको हो । नेपालमा यसको प्रतिनिधित्व संगीत रोयल्टी संकलन समाज, नेपालले गर्छ । प्रतिलिपि अधिकार संरक्षण समाज, नेपाल -प्रसंसने)का संस्थापक महासचिवसमेत रहेका शर्माका विचारमा विश्वभर प्रयोगको प्रकृति र आम्दानी हेरेर प्रतिशतका आधारमा रोयल्टी रकम संकलन गरनिे प्रचलन छ । तर, सबैमा यो कुरा लागू हुँदैन । “रेस्टुराँ, बस, हवाईजहाज आदिमा तिनको सिट संख्याका हिसाबले रोयल्टी तोकिन्छ,” शर्मा भन्छन्, “होटलहरूमा कोठागन्तीका हिसाबमा यस्तो रोयल्टी तोकिन्छ ।” रेडियो, टीभीजस्ता प्रसारण माध्यममा भने उनीहरूको विज्ञापनको आम्दानी हेरेर यस्तो रोयल्टी तोकिन्छ । मञ्चीय कार्यक्रममा गेट टिकटको प्रतिशतका आधारमा रोयल्टी निर्धारण गरन्िछ ।
शर्मा भन्छन्, “मञ्च, होटल, रेस्टुराँजस्ता ठाउँबाट रोयल्टी संकलन गर्न सजिलो छ तर प्रसारण माध्यमहरूमा भने अलिक कठिनाइ हुनसक्छ ।” किनभने, २४ सै घन्टा सञ्चालन हुने दुई सयभन्दा बढी रेडियो र टीभीमा संगीत प्रसारणको विवरण संकलन गर्न मुस्किल पर्छ । यसका लागि अनुगमन र नमुना सर्वेक्षण गरेर वर्षभरकिो रोयल्टी निर्धारण गर्नुपर्छ ।
अहिले सारा स्रष्टा-कलाकारहरूको ध्यान सीआरबीटीमा मात्र छ । तर, भावी दिनमा संगीतले जब डिजिटल प्रविधिमा प्रवेश गर्नेछ, त्यसबेला यसको प्रसारण र प्रयोगको क्षेत्र व्यापक हुन पुग्छ । “यो अवस्थालाई समेत विचार पुर्‍याएर रोयल्टीको मापदण्ड निर्धारण गरनिुपर्छ,” शर्मा भन्छन्, “यसबाट स्रष्टा-कलाकारहरूको आर्थिक स्थिति कल्पनातीत रूपमा वृद्धि हुनेछ ।”

नेपाल साप्ताहिक ३३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *