Skip to content

प्रा.डा. केआर खम्बु
घरको बोलाउनु नाम ः काशीराम राई
जन्मको नाम ः कमल राई
मास्टरले लेख्न नजानेर काशीरालाई कालीराम लेखिदिएको र पछि यो नराम्रो सुनिएको हुँदा कालुराम का रुपमा परिवर्तन गरिएको । यही नाम केआर खम्बूका रुपमा पछि परिचित ।
जन्म ः २०१४।४।५
जन्मस्थानः खोटाङ, दमर्खु, शिवालय १, चुम्लुङ ।
पिताः स्व. विष्णुध्वज राई
माताः स्व. लीलावती राई कान्छो छोरा ।
शिक्षाः
अक्षरारम्भ पहाडको गाउँकै धुले पाठशालाबाट ।
२०२० सालमा झापा गौरीगञ्जको कोरोबारी टटुवामारीस्थित जनता प्राथमिक विद्यालयमा कक्षा एकमा भर्ना भएर त्यहींबाट औपचारिक शिक्षा आरम्भ र त्यस विद्यालयमा कक्षा पाँचसम्मको अध्ययन ।
२०२९ सालमा गौरीगञ्ज हाइस्कुलबाट एसएलसी उत्तीर्ण र त्यसपछि उच्च शिक्षाका लागि विराटनगरतिर प्रस्थान ।
२०३० देखि विराटनगर महेन्द्र मोरङ क्याम्पसबाट विज्ञानमा प्राणी शास्त्र जुलोजी विषय लिई उच्च शिक्षाको अध्ययन क्रम शुरु ।
आई एस्सी र बी एस्सी २०३५ सालमा त्यहींबाट उत्तीर्ण ।
२०३९ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट प्राणी शास्त्रमै मास्टर्स उत्तीर्ण अनि त्रिवि सेवामा प्रवेश ।
सेवाअवधिमै उहाँले विद्यावारिधी पिएच् डी गर्नु भएको हो ।
नेपालमा पाइने उभयचर तथा शरीसृपहरुको वर्गीकरण, वितरण तथा तिनीहरुमा पर्ने वातावरणीय प्रभाव विषयमा २०६२ सालमा विद्यावारिधी गर्नु भएको हो । अहिले सम्म पनि यस विषयमा अरु कसैले शोध नगरेको हुँदा यस विषयको एक्लो जानीफकार ।
विवाह तथा उत्ताराधिकारीहरु ः
सेवाप्रवेश पछि शुभलक्ष्मी थुलुङ राईका साथ विवाह गर्नु भएको हो ।
उहाँका सन्तति दुई जना, एक पुत्री लादिप्मा विवाहित भद्रपुरमै, एक पुत्र अविवाहित जर्मनीमा इन्जिनियरीङमा मास्टर्स गर्दै गरेको । छोरीतिरबाट एक नातिनी समेत भएकोले हजुरबा समेत ।
सेवा प्रवेशः
उहाँको सेवा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित नै हो ।
२०४० सालबाट सहायक प्राध्यापकको रुपमा धरानको हात्तीसार क्याम्पसबाट यस सेवामा प्रवेश ।
२०४२ सालमा वीरगञञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा ।
२०४९ सालदेखि मेची बहुमुखी क्याम्पस, झापामा सहायक प्राध्यापककै रुपमा सरुवा ।
यसै क्याम्पसको अध्ययन अध्यापनका साथ उहाँको उपप्राध्यपक, सहप्राध्यापक तथा प्राध्यापक जस्तो गरिमामय पदमा पदोन्नति भएर अहिले पनि यही क्याम्पसमा कार्यरत रहनुहुन्छ । विद्यार्थी कालमा तथा सेवाअवधिमा विविध राजनीतिक आस्थाका कारण ठुला ठुला सङ्कट बेहोर्नु भएको छ ।
लेखन तथा अन्य गतिविधिः
विद्यार्थीकालदेखि नै सृजनात्मक कार्यहरु मध्ये कविता, कथा र लेखहरु लेख्न थाल्नु भएको हो ।
विराटनगरमा अशेष मल्ल, विष्णु विभु घिमिरे, इन्दिरा प्रसाइँहरुको साहित्यिक गोष्ठीमा सहभागी भएपछि प्रकाशनको क्षेत्रमा पनि देखापर्नु भएको । मुक्तक लेखनबाट यस क्षेत्रमा आगमन भएको देखिन्छ ।
यसै गरी कीर्तिपुरमा बसेको बेला छात्रावासबाट प्रकाशति हुने सङ्कलन मा अङ्ग्रेजीबाट नृवालीमा अनुवाद गरिएका उहाँका लेख रचनाहरु प्रकाशित भएका छन् ।
मौलिक रचनाहरु काठमाडौंको स्पन्दन पत्रिकाबाट प्रकाशित हुन थालेका हुन् ।
पछि व्यावहारिक समस्या र परिवारको झमेलाका कारण लेखनक्रम टुटेको ।
तर विद्यावारिधिपछि फेरि लेखन यात्रालाई गहन रुपमा अघि बढाइरहनु भएको र झापाका सुसेली, जुही, प्रतिभा लगायतका पेपर पत्रिकाहरुमा र समाकालीन साहित्य, मझेरी आदि वेव पत्रिकाहरुमा विभिन्न रचनाहरु प्रकाशित भइरहेका छन् ।
दुर्भाग्यवश आँखाको ज्योति गुमेपछि उहाँको बाह्य संसारबाट टाढा हुनु परेकोले मूलकार्य नै अध्ययन, अध्यापन र लेखन भएको छ । उहाँको जीवनमा भयानक अवस्था आए पनि साहित्यका लागि भए औधी उपलब्धिपूर्ण कार्य अहिले गरिरहनु भएको ।
प्रकाशित कृतिहरु ः
क. मेरो अनुसन्धान यात्रा २०६७ । अनुसन्धानको अवस्थामा भएका समग्र गतिविधि र यात्राविवरणको विस्तृत चिनारी ।
ख. एम्फिविया अब कन्चन्जङ्घा सिंहालिया कम्प्लेक्स २०६८
ग. एफिबिया एन्ड रेक्टायस अफ नेपाल (सहलेखन) यो बृहत् ग्रन्थ छ । यसका ११०० पृष्ठको यो किताबका एघार जना लेखक मध्ये उहाँ एक जना हो ।
घ. नेपालका उभयचर तथा शरीसृपहरुको स्थलगत निर्देशिका (वेनर ख्यास्ले, हर्मन स्लाइख र केआर तीन जनालेलेखेको)
ङ. नेपालका उभयचरहरु (रङ्गिन सचित्र बालपुस्तिका) हर्मन र के आरको संयुक्त ।
च. नेपालका कछुवाहरु (रङ्गिन सचित्र बालपुस्तिका) । उहाँ र उहाँको शोध निर्देकश हर्मन स्लाइख ।
छ. नेपालका शरीसृपहरु (रङ्गिन सचित्र बालपुस्तिका) ।
यी बालपुस्तकहरु सबै वेवसाइडबाट पढ्न र डाउनलोड गर्न पनि सकिन्छ ।
ज. स्मृतिका तरेलीहरु ः प्रकाशोन्मुख । आत्मजीवनी प्रकाशित हुन लागेको छ ।
यी बाहेक साहित्यका कथा, कविता, निबन्ध, समीक्षा, समालोचनाहरु नेपालका पत्रपत्रिकाहरुमा धमाधम प्रकाशित भइरहेका छन् ।
उहाँका अत्यन्त उच्च अनुसन्धानात्मक रचनाहरु रिसर्च आर्टिकलहरु स्वेदश र विदेशका नामी पत्रिकाहरु र जर्नलहरुबाट प्रकाशित छन् ।
अहिले पनि उहाँ अध्ययन अध्यापनमा बडो रुचिका साथ लागिरहनु भएको छ ।
नगद सहित पुरस्कार मान सम्मानः
उहाँ दर्जनौं संघसंस्थाहरुबाट पुरस्कृत र सम्मानित हुनु भएको छ ।
त्रि.वि.बाट दीर्घ सेवा सम्मान । स्वर्णजयन्ती सम्मान । शिक्षा पुरस्कार बाट पुरस्कृत ।
१. बिर्ताजेसिजले २०७२ को उत्कृष्ट नागरिकका रुपमा सम्मान ।
२.नेपाल बहुउद्देशीय सहारीले पनि २०७३ मा वर्ष पुरुषका रुपमा नगदपुरस्कार सहित सम्मान ।
३.गोकुलजोशी अध्ययन केन्द्र घैलाडुबाबाट नगद सहित सम्मानित तथा पुरस्कृत ।
४. बेतना सिमसार संरक्षण समितिबाट नगद पुरस्कार सहित सम्मान ।
६. नेपाल बुद्धिजीवी परिषद बिराटनगरबाट क्षेत्रीयस्तरको सम्मानबाट सम्मानित ।
७. सुखानी शहीद प्रतिष्ठान तथा आर्काे नेपालबाट सम्मान ।
८. महेन्द्र विद्याभूषण प्रथमश्रेणी पिएच् डीका लागि सम्मान ।
यी बाहेक जिल्लाका अनेकौं संघसंस्थाहरुबाट पुरस्कृत, सम्मानित व्यक्तित्व ।
रुचि र स्वभावः
सामान्य जीवन व्यतित गर्नु, तडकभडको जीवन चनाहनु, साधारण नेपाली भोजन ग्रहण गर्नु आदि नै उहाँका रुचिका विषय हुन् ।
भ्रमणः
नेपालका अधिकांश जिल्ला र भारत लगायत युरोपका धेरै मुलुक,।
कार्यालय ः
विज्ञान अध्ययन संस्थान, मेची बहुमुखी क्याम्पस, भद्रपुर ।
निवासः
भद्रशिवा टोल, भद्रपुर ८ ।
अाँखा नेदेखेर पनि याे तहकाे भाषिक सेवा गरिरहनु भएकाेमा प्राडा खम्बुमा सलाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *