Skip to content

मेरो सपनाको आकासमा

  • by

मेरो सपनाको आकाशमा उड्ने वायुयान आएन
पानी थिएन सायद समुद्रमा गुड्ने विमान आएन

मैले सपना देखेको छु र केपिको जस्तै कविता पनि
लेखेको छु तर मलाई उसको जस्तो उखान आएन

किन यो देशको नीतिनियममा गरीब अटाएन
असारमा किसान पर्खिरह्यो अनुदान, आएन

सरकार बाँच्ने सपना देखेर ऊ बिदेश गएको हो
घर फर्कदा किन ज्युदो भएर नौजवान आएन?

मन्त्रालय सङ्गक्रमितको अनुमान मात्र गरिरह्यो
दबाइ आएन कोरोना रोगथामको समाधान आएन

सुनको सिक्री लगाएकाहरुले राहत लिएर गए
मजदुरले भन्यो हजुर मेरो चाहिं किन नाम आएन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *