Skip to content

भाग् कुहिरो भाग्

  • by
RameshChandraGhimire

भाग् कुहिरो भाग्
भाग् कुहिरो भाग्

हेर्दा आकार छैन
छेक्छ देखिँदैन
आफ्नो बाटो लाग्
भाग् कुहिरो भाग्

रुवा हो कि भुवा
बाफ हो कि धुवाँ
धमिलो छ दाग
भाग् कुहिरो भाग्

मन छ उता पुग्ने
गुँडमै कति लुक्ने ?
भन्छ चरो काग
भाग् कुहिरो भाग्

सधैँ कति डस्छस् ?
कहिलेसम्म बस्छस् ?
जानै लाग्यो माघ
भाग् कुहिरो भाग् ।

– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
(२०७७/१०/१९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *