औंशी देला रश्मी बरु, पूर्णिमाले रात दियो
पराईले काँध थाप्दा,आफन्तले घात दियो
खुशी छैन मन यहाँ, रुष्ट भए सारा खुशी
यो जीवन पहेली भो, पीडाहरू खात दियो
दाउ थियो सागरमा, सिंढी राखी चन्द्र छुने
दुष्मन पो साथ भयो, मित्रले आघात दियो
निकै ठुलो सूची थियो, जीवनमा सपनाको
भताभुङ्ग भयो सबै, नियतिले लात दियो
अँझै केही बाँकी थियो, सृष्टिचक्र बुझ्नलाई
हेर्दै थिएँ अकस्मात, मृत्युले पो हात दियो