Skip to content


देश हाम्रो नेपाल हो,
नेपाली हो जात ।
नराखौं कसैमाथि
द्वेश र भेदभाव ।

जातीयताको सिँढी चढी
नगरौं पक्षपात ।
कोही छैनौ उँचो-नीचो
बढौं एकै साथ ।

एकै आमाका सन्तान हामी
रगत सबको रातो छ ।
कम्मर कसी लागौं अब
बिध्वंशको खाल्डो पुर्नु छ।

मानिस ठूलो बिचारमा छ,
हुन्न ठूलो जात ।
मानवताको बिउ रोपी
उखेलौं संकीर्णता।

खल्बल्याउनु हुन्न
राष्ट्रिय अखण्डता ।
सृष्टिका फूलमाथि
राखौं समानता ।

टीका खरेल सुवेदी
कुलेश्वर काठमाण्डौं

4 thoughts on “नेपाली”

  1. देशभक्त हुनुहुँदो रहेछ । अत्यन्तै खुशी लाग्यो ।
    टीका म्याडम तपाइँ देशभक्त हुनुहुँदो रहेछ । अत्यन्तै खुशी लाग्यो । लेखनमा प्रगती गर्दै जानुहोस् धेरै-धेरै शुभ-कामना !!

  2. अत्यन्तै खुशी लाग्यो
    टिका जी लाई सबै भन्दा पहिले त, तीज (हरितालिका ) को आग्रिम सुभ कामना | हजुर को प्रत्यक पंक्तिमा राष्ट्र प्रेम अनि जन जागरण अनेकतामा एकता को आह्वान गरेको रहेछ अति मन पर्यो बधाई छ यहाँ लाई|
    हिमान गाउँले
    बहराइन

  3. सबै पाठकहरुलाई धेरै-धेरै धन्यवाद !!!
    बिजुजी हजुरलाई कविता मनपराइ कविता यात्रामा हौसला प्रदान गर्नुभएकोमा हृदयदेखिनै मुरी-मुरी धन्यवाद !
    हिमान गाउँलेजी हजुरलाई तीजको लागि मेरो तर्फााट पनि मङ्गलमय शुभ-कामना ! विदेशी भूमिमै बसेर भएपनि कविता मनपराइ दिनुभएकोमा धेरै-धेरै साधुवाद !
    अनि यो कविता पढ्नुहुने सबै पाठकहरुलाई पनि धेरै-धेरै धन्यवाद !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *